खरसाङ: दार्जी टि डेक स्टुडियो, बरबुङ बस्ती, खरसाङमा तीन दिने विशेष टि प्रोसेसिङ तालिम कार्यक्रम सम्पन्न भएको छ। यो तालिममा हिमाली क्षेत्रमा रहेका साना चिया उत्पादक तथा चिया किसानहरूलाई लक्षित गरिएको थियो। यो तालिम फ्रान्सको पेरिसबाट आएका ख्यातिप्राप्त चिया विशेषज्ञ लियोले सञ्चालन गरेका थिए। उनी ‘पैलेस डेस थेस’ (Palais des Thés) नामक अन्तर्राष्ट्रिय चिया कम्पनीका प्रतिनिधि हुन् जसका युरोप, अमेरिका र अन्य देशहरूमा १५० भन्दा बढी टि स्टुडियोहरू रहेका छन्। लियो सोही कम्पनीका टि खरिदकर्ता पनि हुन्। तालिमका क्रममा उनले युवाहरुलाई दार्जिलिङका बुटाहरूबाट विशेष टि उत्पादन गर्ने सरल तरिका सिकाएका थिए। यसको साथै उनले सहभागीहरूलाई भियतनाम, चीन, कोरिया, ताइवान, जर्जिया लगायतका देशका विभिन्न किसिमका टिहरूको जानकारी दिलका थिए र अन्तर्राष्ट्रिय बजारको माग तथा चलनबारे पनि अवगत गराएका थिए।कार्यक्रमको अन्तिम दिन आयोजकहरूले श्री लियोलाई आफ्ना अमूल्य समय, ज्ञान र अनुभव सहभागीहरूसँग बाँडिदिनुभएकोका लागि हार्दिक धन्यवाद ज्ञापन गरे।