कालेबुङको रकभेल एकाडमीका चारजना कराते खेलाड़ीले राष्ट्रिय स्तरको खेलहरूमा भाग लिने

IMG-20220925-WA0112.jpg

२५ सेप्टेम्बरः राष्ट्रिय स्तरको खेलहरूमा हिस्सा लिन कालेबुङको रकभेल एकाडमीका ४ जना कराते खेलाड़ीहरूले आज बेंगलुरु प्रस्थान गरिन्। कर्नाटकको बेंगलुरुस्थित पाडुकोन द्रविड़ सेण्टर फर स्पोर्ट्स एक्सीलेन्समा हुने सीआईएससीई नेशनल स्पोर्ट्स एण्ड गेम्स २०२२-मा यी चारजना कराते खेलाड़ीहरूले पश्चिम बंगाल अनि उत्तर पूर्व क्षेत्रको प्रतिनिधित्व गर्नेछिन्।

यी खेलहरूमा कराते स्पर्धा २६-देखि २८ सेप्टेम्बरसम्म हुनेछ। रकभेल एकाडमीका यी चारजना खेलाड़ीहरूमा हाली मेटो (अण्डर-१४ गर्ल्स), माञ्जा लिंग्गी (अण्डर-१४ गर्ल्स), इन्ताया मगर (अण्डर-१४ गर्ल्स) र रिन्छिन लामा (अण्डर-१९ गर्ल्स) सामेल छिन्। यी खेलाड़ीहरूका साथमा सुशन्स कराते डो एकाडमीका मुख्य प्रशिक्षक सुशन थापाले पनि प्रतियोगितामा प्रशिक्षकको रूपमा पश्चिम बंगाल अनि उत्तर पूर्व क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *