खरसाङको पंखाबारी रोडमा गाडी दुर्घटनामा दुईको मृत्यु तीनजना गम्भीर घाइते

IMG-20251018-WA0150

खरसाङ: खरसाङको पंखाबारी रोड अन्तर्गत तीन घुम्ती क्षेत्रमा आज बिहानै गाडी दुर्घटनामा दुईजनाको मृत्यु र तीनजना गम्भीर घाइते भएका छन्। प्राप्त जानकारी अनुसार दार्जिलिङबाट खरसाङको पंखाबारी रोड भएर नक्सलबारी गईरहेको वेगेनार गाडी बिहान ६ बजीतिर तीन घुम्ती क्षेत्रमा दुर्घटना हुँदा गाडीमा सवार पाँजनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको र तीनजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेहरुमा राजेस पासवान र सुमित सिंघा रहेको अनि घाइतेहरुमा‌ चालक राज दास, ताराक‌ विश्व (१९ वर्ष), करण ठाकुर (१८ वर्ष) रहेको जानकारी प्राप्त भएको छ।‌

उक्त दुर्घटनाको जानकारी पाउनसाथ खरसाङ ट्राफिक पुलिस, गाडीधुरा पुलिस आउट पोष्ट, गाडीधुरा ट्राफिक पुलिस, अग्निशमन विभाग, एम्बुलेन्स विभाग र स्थानीयहरु मिलेर घाइतेहरुलाई उध्दार गरेर उपचारको लागि उत्तर बंगाल मेडिकल कलेज पठाइएको जानकारी प्राप्त भएको छ।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement