२५ सेप्टेम्बरः यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टमा शनिवार राति पोर्तुगल र युक्रेनले जीत हासिल गऱ्यो। यसरी नै स्पेन चाहिँ हारको सम्मुखीन भयो। स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको उपस्थितिमा पोर्तुगलले ग्रुप बी-को म्याचमा चेक रिपब्लिकलाई ४-०-ले पराजित गऱ्यो। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलबाट डिओगो डालोटले ३३औं र ५२औं मिनटमा २ गोल गरे। यसबाहेक ब्रूनो फर्नाण्डेज र डिओगो जोटाले पनि १-१ गोल गरे। म्याचको अवधि रोनाल्डोलाई सामान्य चोट पनि लाग्यो। यसरी नै स्पेन चाहिँ स्विट्जरल्याण्ड विरुद्ध १-२-ले पराजित भयो। म्याचमा ७५ प्रतिशत पोजेशनको साथ खेलेर पनि स्पेनले जीत हासिल गर्न सकेन।

स्विट्जरल्याण्डबाट म्याचाम मेनुएल अकाञ्जीले २१औं र ब्रील एम्बोलोले ५८औं मिनटमा गोल गरे। स्पेनबाट एकमात्र गोल अनुभवी जोर्डी अल्बाले ५५औं मिनटमा छिराए। ग्रुपमा पोर्तुगल ५ वटा म्याचमा १० पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै स्पेन ८ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा रहने स्विट्जरल्याण्डसँग ६ पोइण्ट छ। यसरी नै ग्रुप ई-मा युक्रेनले अर्मेनियालाई ५-०-ले पिट्यो। म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने युक्रेनबाट अर्टेम डोभबिकले ६९औं र ८४औं मिनटमा २ गोल गरे। यसै ग्रुपको अन्य एउटा म्याचमा स्कटल्याण्डले आयरल्याण्डलाई २-१-ले पराजित गऱ्यो।

म्याचको मध्यान्तरसम्म एक गोलले पछि रहे पनि स्कटल्याण्डले पछिबाट असाधारण पुनरागमन गर्दै २ गोलको साथ जीत हासिल गऱ्यो। विजेता टीमबाट ज्याक हेण्ड्री र ऱ्यान क्रिस्टीले गोल गरे। आयरल्याण्डबाट जन एगनले गोल गरे। ग्रुपमा स्कटल्याण्ड ५ वटा म्याचमा १२ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने युक्रेनसँग १० पोइण्ट रहेको छ। शनिवार राति खेलिएको अन्य म्याचहरूमा साइप्रसले ग्रीसलाई १-०-ले, सर्बियाले स्वीडेनलाई ४-१-ले, इज्रायलले अल्बानियालाई २-१-ले, स्लोवेनियाले नर्वेलाई २-१-ले अनि नर्दर्न आयरल्याण्डले कोसोवोलाई २-१-ले पराजित गऱ्यो।