मुख्यमन्त्रीकाे परम पूज्य गोश्री ग्यालसब रिम्पोछेसॅंग शिष्टाचार भेट

n68553141617607249745124cc9210e4bf723b1d9c05a3315be42ea86aac30479ea63ce3994df7f69bd72db

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज डेन्सा पाल्छेन छोस्लिङ गुम्पामा परम पूज्य गोश्री ग्यालसब रिम्पोछेसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि मुख्यमन्त्रीले परम पूज्य रिम्पोछेबाट सिक्किम र राज्यवासीहरूको शान्ति, समृद्धि र समग्र कल्याणको लागि आशीर्वाद लिए।
यसैगरी, मुख्यमन्त्रीले परम पूज्य रिम्पोछेको सुस्वास्थ्य, दिर्घायु र सबै संवेदनशील प्राणीहरूको हितको लागि निरन्तर आध्यात्मिक मार्गदर्शनको लागि हार्दिक शुभकामना पनि व्यक्त गरे। यस अवसरमा बर्फुङका क्षेत्र विधायक रिक्सल दोर्जी भोटिया, मुख्यमन्त्री अतिरिक्त राजनीतिक सचिव विष्णु प्रसाद शर्मा, ओएसडीए पेमा छुल्टिम भोटिया, एसडीएम (मुख्यालय) निम पिन्चो भोटिया, राभाङ्लाका एसडीएम वाङ्ग्याल शेर्पा तथा विभिन्न विभागका अधिकारीहरू र स्थानीय मानिसहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement