१४औं दलाई लामाको सम्मानमा श्रद्धार्पण कार्यक्रम

IMG-20251017-WA0159

नाम्ची: १४औं धर्मगुरु दलाई लामाको सम्मानमा आज नाम्ची जिल्लाअन्तर्गत राभाङलास्थित बुद्ध पार्कमा एक प्रदर्शनी तथा श्रद्धाअर्पण कार्यक्रम आयोजन गरियो। कार्यक्रमको आयोजन कुनफेनलिङ तिब्बती बस्ती कार्यालय र भोटिया समाज कल्याण प्रतिष्ठानको संयुक्त पहलमा गरिएको हो।
यो कार्यक्रम १७ अक्टोबर २०१७ मा अमेरिकाको काँग्रेसद्वारा दलाई लामालाई प्रदान गरिएको “१८औं काँग्रेसीयन गोल्ड मेडल” को स्मरणमा उत्सव मनाइएको हो। कार्यक्रममा सहभागी भक्तहरूले परमपावनलाई शान्ति, करुणा, अहिंसा र सार्वभौमिक उत्तरदायित्वका जीवित प्रतिककोरूपमा श्रद्धा र सम्मान प्रकट गरियो। यस कार्यक्रमको मुख्य आकर्षणहरूमा दलाई लामाको बाल्यकाल, शिक्षा र आध्यात्मिक यात्राका दुर्लभ तस्बिरहरूको प्रदर्शनी, भारतीय तथा अन्तर्राष्ट्रिय नेताहरूसँगका ऐतिहासिक क्षणहरूको झलक, प्रसिद्ध सुलेख कलाकार जाम्याङ दोर्जे चक्रिशरद्वारा प्रस्तुत तिब्बती सुलेख प्रदर्शनी सहित उनको योगदानबारे विशेष लघु चलचित्र प्रदर्शन गरिको थियो। यस अवसरमा विधायक रिक्सल दोर्जी भोटिया मुखिया अतिथिकोरूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement