अन्तर्राष्ट्रीय पर्यटन मार्ट २०२५ बारे उच्चस्तरीय बैठक

IMG-20251017-WA0158

गान्तोक: आगामी १३ देखि १६ नोभेम्बरसम्म आयोजन गरिने चार दिवसीय १३औं अन्तर्राष्ट्रीय टुरिज्म मार्च तयारीलाई लिएर आज टाशीलिङ सचिवालयमा मुख्य सचिव आर तेलाङको अध्यक्षतामा एक समीक्षा सभा सम्पन्न भयो। उक्त कार्यक्रम विशेष गरेर पेलिङ र गेजिङमा आयोजन गरिने भएको छ। उक्त कार्यक्रम भारत सरकारको पर्यटन मन्त्रालय र राज्य सरकारको पर्यटन एवं नागरिक उडडयन विभागको संयुक्त पहलमा आयोजन गरिने भएको छ। अन्तर्राष्ट्रिय पर्यटन मार्टले उत्तरपूर्वी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र भारत तथा विदेशका सहभागीहरूबीच व्यापार तथा सांस्कृतिक आदानप्रदानलाई बढावा दिने लक्ष्य राखेर आयोजन गरेको हो। सभालाई सम्बोधन गर्दै मुख्य सचिव तेलाङले सिक्किममा कार्यक्रमको आयोजनबारे विस्तृतरूपमा जानकारी गराए। आईटीएमले राष्ट्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सिक्किमको पर्यटन सम्भावना, संस्कृति र आतिथ्यता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ। उनले थप जानकारी गराएअनुसार यस कार्यक्रमले उत्तरपूर्वी राज्यहरूबीच पर्यटन सहयोगलाई सुदृढ बनाउनको साथै यस क्षेत्रमा साझेदारीको लागि नयाँ बाटो खोल्नेछ। मुख्य सचिव आर तेलाङले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति विभागहरूबीच एक अर्कामा तालमेर राख्नु पर्ने आग्रह गरे। उनले अधिकारीहरूलाई भ्रमण गर्ने प्रतिनिधिहरूलाई सकारात्मक अनुभव प्रदान गर्न सरसफाइ, सुरक्षालगायत अन्य क्षेत्रमा ध्यान दिनुपर्ने निर्देश दिए। सो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति मुख्य सचिवले सबै व्यवस्थाहरू कुशलतापूर्वक समयमै पूरा गर्ने विषयमाथि जोड दिए। सभामा आईटीएमको उद्घाटन सत्रको योजनाबारे पनि समीक्षा गर्दै यातायात, आवास र सम्पर्क अधिकारीहरूसहित राज्यमा आउने अतिथिहरूलाई सबै कुराको व्यवस्था असल ढङ्गमा गर्नुपर्ने उनले निर्देश दिए। उनले सडक मरम्मति कानून व्यवस्था, पानी र बिजुली आपूर्ति, अग्निसुरक्षा, चिकित्सा सुविधा, इन्टरनेट जडान, ट्राफिक नियमन, र मिडिया समन्वय जस्ता प्रमुख क्षेत्रहरूमा पूर्ण सहयोग गर्न लाइन विभागलाई आग्रह गरे। अन्तर्राष्ट्रिय पर्यटन मार्ट २०२५ मा भारत सरकारका पर्यटन मन्त्री, पर्यटन राज्यमन्त्री, उत्तर पूर्वी राज्यहरूका मुख्यमन्त्रीहरू र मन्त्रीहरू, साथै भारत र अन्य देशका अधिकारीहरू र प्रतिनिधिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement