अधिकारीहरुले गरे नशामुक्त अभियानमाथि शपथग्रहण

IMG-20251017-WA0156

सोरेङ: नशामुक्त अभियान अन्तर्गत आज सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा शपथग्रहण आयोजन गरियो। कार्यक्रममा सोरेङ जिल्लाका अतिरिक्त जिल्लापाल डीआर विष्ट लगायत महकुमा अधिकारी पीके सुब्बा र महकुमा अधिकारी साक्छुम लेप्चाले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अतिरिक्त जिल्लापाल विष्टले नशालु पदार्थमुक्त समाज निर्माण गर्ने अभियानको लक्ष्यमाथि जोड दिँदै नशामुक्त भारत अभियान र राज्य सरकारको नशामुक्त सिक्किम अभियानअन्तर्गत विद्यालय र संस्थाहरूमार्फत सञ्चालन भइरहेका विभिन्न जागरूकता गतिविधिहरूमाथि प्रकाश पारे। उनले सोही अभियानको एक भागकोरूपमा मासिकरूपमा आयोजना हुने नार्को समितिको बैठक पनि उल्लेख गरे।
यस प्रकारको कार्यक्रम सबै सरकारी कार्यालय साथै शैक्षिक संस्थान र ग्राम पञ्चायत यूनिटमा आयोजना गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement