जिल्लापालद्वारा पीएम फसल बीमा योजना हस्तान्तरण

IMG-20251017-WA0155

नाम्ची: नाम्ची जिल्ला कृषि विभागको पहलमा प्रधानमन्त्री फसल बीमा योजना अन्तर्गत “मेरी पोलिसी मेरे हात” सोरोक श्यामपानीमा खण्डस्तरीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रम आयोजनको मुख्य उद्देश्य प्रधानमन्त्री फसल बीमा योजनाअन्तर्गत कृषकहरूलाई सचेत गराउनुको साथै लाभार्थीहरूको सूचीमा आफ्नो नाम दर्ता गराउनु रहेको थियो। कार्यक्रममा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। पशुपालन एवं पशु चिकित्सा सेवा विभागकी अतिरिक्त निर्देशक डा. लता राई लगायत अन्य अधिकारीहरू विशिष्ट अतिथिकारुपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्लापाल ताम्लिङले कृषकहरूले भोग्न परिरहेको विभिन्न प्रकारको समस्यालाई लिएर चिन्ता व्यक्त गर्दै अन्तर्क्रिया पनि गरिन्। उनले विभागद्वारा कृषकहरूको हितमा आयोजना गरिने यस प्रकारको कार्यक्रममा कृषकहरूलाई सहभागी जनाउन प्रोत्साहित गरिन्। कार्यक्रममा जिल्लापालले पञ्जीकृत कृषकहरूलाई फसल बीमा योजनाको लाभ प्रदान गरिन्। सोही प्रकारले विभागकी उपनिर्देशक डा. चामलिङले प्रधानमन्त्री फसल बीमा योजनाको महत्वबारे प्रकाश पार्दै कृषकहरूले भोग्दै आइरहेको समस्याबारे जानकारी गराइन्। उनले कृषकहरूलाई लिएर प्रधानमन्त्री फसल बीमा योजनाको महत्वमाथि प्रकाश पार्नको साथै अन्तर्क्रिया पनि गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement