केन्द्रीय राज्यमन्त्रीको राज्यपालसित भेट

IMG-20251017-WA0154

गान्तोक: चार दिवसीय सिक्किम भ्रमणमा आएकी भारत सरकारको उपभोकता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाइ बम्भानियाले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरिन्। भेटको क्रममा मन्त्री बम्भानिया र राज्यपालबीच केन्द्र सरकारद्वारा पूर्वोत्तर क्षेत्रको निम्ति शुरू गरिएका विभिन्न प्रकारको विकासीय योजनाहरूको कार्यान्वयनबारे छलफल गरि। चार दिवसीय भ्रमणमा आएकी केन्द्रीय मन्त्रीले सर्वप्रथम पाकिम जिल्लाको भ्रमण गर्दै केन्द्रीय योजनाहरूको कार्यान्वयनबारे जानकारी लिएको राज्यपाललाई अवगत गराइन्। राज्यपालले जैविक खेती, महिला सशक्तिकरण र राज्यको सरसफाईबारेमा राज्य सरकारले लिएको पहलबारे उल्लेख गरिन्। भेटको क्रममा राज्यपालले राजभवनका विभिन्न कल्याणकारी पहलहरूअन्तर्गत ११ सेप्टेम्बरको दिन भारतीय सेनासँग पालन गरेको विजय दिवस र १९६७ भारत-चीनबीचको युद्धको समयमा बहादुर सेनाका अधिकारी जनरल सगत सिंहको प्रतिमा स्थापनापारे जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement