१८ अक्टोबरदेखि दार्जिलिङबाट शुरु हुने
खरसाङ: दार्जिलिङ हिमालयन रेलवेद्वारा पहिले नै घोषणा गरिएको ‘शताब्दी मार्च’ को संशोधित तालिका घोषणा गरिएको छ। प्रतिकूल मौसमका कारण पहिले स्थगित गरिएको दार्जिलिङ हिमालयन रेलवे डीएचआरको अब १८ अक्टोबरमा बिहान ८ बजी दार्जिलिङ रेलवे स्टेशनबाट ‘शताब्दी मार्च’ शुरु हुने घोषणा गरिएको दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले जानकारी गराएका छन्। उनले बताए अनुसार राष्ट्रपिता महात्मा गान्धीको दार्जिलिङ भ्रमणको १०० वर्षको सम्झनामा आयोजना गरिएको यो मार्चले महात्मा गान्धीको सिलगढीको ऐतिहासिक मार्गलाई पुन: रेखांकित गर्दछ, जसले शान्ति, सरलता र प्रकृतिसँगको सद्भावको आदर्शलाई प्रतिबिम्बित गर्दछ। यो पहल द एसोसिएसन फर कन्जर्भेसन एण्ड टुरिज्म, मेरो दार्जिलिङ र टिडीसँगको सहकार्यमा आयोजना गरिएको छ, जसले संयुक्त रूपमा मार्गमा वातावरणीय जागरूकता र सामुदायिक सहभागिता प्रवर्द्धन गर्ने गतिविधिहरूको नेतृत्व गर्नेछ। यो पदयात्रा दार्जिलिङबाट घुमसम्म शुरु भएर नोभेम्बर २०२५ मा सिलगढी टाउनमा समापन हुने गरी लगातार सप्ताहन्तमा चरणबद्ध रूपमा अगाडि बढ्नेछ।
निर्देशक रिशप चौधरीले अघि बताए, हिमालयन पदमार्ग पार गर्दै महात्मा गान्धीको पाइलाको सम्मान गर्दै सम्झना र नवीकरणको यो प्रतीकात्मक यात्रामा सामेल हुन डीएचआरले नागरिक, विद्यार्थी र शुभचिन्तकहरूलाई आमन्त्रित गर्दछ। उनले यस शताब्दी मार्चको विषयमा अधिक जानकारीको लागि दार्जिलिङ हिमालयन रेलवेको निर्देशकको कार्यालयसित सम्पर्क गर्न निवेदन गरेका छन्।