इन्टरलोक्युटर नियुक्तिलाई लिएर भाजपा दार्जीलिङ जिल्ला कमिटीद्वारा स्वागत

IMG-20251016-WA0144

सोनादा: केन्द्र सरकारद्वारा गोर्खाहरुको दीर्घकालीन मागलाई लिएर इन्टरलोक्युटर नियुक्तलाई लिएर भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला कमिटीद्वारा स्वागत जनाएका छन्। भाजपा दार्जिलिङ जिल्ला कमिटीको अध्यक्ष सञ्जीव लामाले आज पत्रकारहरुसँग कुराकानी गर्दै केन्द्र सरकारले गोर्खाहरुको‌ दीर्घकालीन मागलाई एक कदम अघि बढाउँदै जुन पदक्षेप लिएर इन्टरलोक्युटर नियुक्ति गरेको त्यसको पहाडको भाजपा र यसको गठबन्धन दलहरु स्वागत गर्दछ भनी बताएका छन्। उनले केन्द्र सरकारले गोर्खाहरुको लागि पूर्व आईपीएस अधिकारी पंकजकुमार सिंहलाई नियुक्त गरेकोमा केन्द्र सरकारप्रति भाजपा दार्जिलिङ जिल्ला, गठबन्धन दलहरु र जनसाधारण जनताको तर्फबाट पनि धन्यवाद दिएका छन्। उनले पहाडमा अहिले कुनै आन्दोलन भएको छैन तर पनि केन्द्र सरकारले गोर्खाहरुको‌ दीर्घकालीन मागलाई सम्बोधन गर्दै गोर्खाहरुलाई न्याय दिलाउनलाई जुन पदक्षेप लिएको छ। यसको लागि केन्द्र सरकारलाई हामी सबैले धन्यवाद दिनुपर्छ भनी बताएका छन्।‌ लामाले भने, हामीले लगातार रुपमा सांसद , विधायक जिताएर पठाईरहेका छौं। त्यसैको मुताबिक सरकारले गोर्खाहरुको लागि निर्णय गर्दै गरेको नियुक्तिप्रति हामी स्वागत गर्छौं। अब हामी इन्टरलोक्युटरसित बसेर के कसरी काम गर्ने त्यो‌ गर्नेछौं।’
भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले अघि भने, अहिले हाम्रो दुईजना सांसदहरु छन् लोकसभा र राज्यसभामा छन्। हामी अब इन्टरलोक्युटरसित बसेर के कसरी काम गर्नु पर्ने हो त्यो गर्नेछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement