मेरीबोङ चियाबारी गुम्बा गाउँमा भूतपूर्व सैनिकको घर आगलागीमा खरानी

IMG-20251017-WA0115

दार्जिलिङ: मेरीबोङ चियाबारी गुम्बा गाउँमा भूतपूर्व सैनिक रतन थापाको घरमा दिउँसै आगलागी भएर घर खरानी भएको छ। स्थानीय मानिसहरूको सहयोग र बिजनबारी अग्निशमन केन्द्र अनि जोरबोङलो थाना प्रभारीको सहयोगमा आगोलाई नियन्त्रण गर्न सफल भएका छन्। उक्त आगलागीको घटना सुनेर क्षेत्रीय सभासद सन्दीप छेत्री पनि घटना स्थलमा पुगेका थिए।आगलागीको कारण सर्ट सर्किट हुन सक्ने उनले बताएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै सभासद सन्दीप छेत्रीले यो आगलागी सौ सर्किटको कारणले भएको भन्ने थाहा लागेको र स्थानीयहरुको सहयोगमा र पछिबाट अग्निशमनको सहयोगमा आगो निभाउन सफल भएको बताए।

उनले यस आगलागीमा सबै जलेर नष्ट भएको अनि आगलागीको क्षति विषयमा सबै सरकारी निकायमा जानकारी गराइएको बताए‌। उनले यो परेको घडीमा पिढीत परिवारको साथमा रहेको र कुनै पनि सहयोग गर्न तयार रहेको बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement