खरसाङको स्कट मिशन उच्चतर माध्यमिक विद्यालयमा‌ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

IMG-20251017-WA0107

खरसाङ: गत वर्ष झै एंव यस वर्ष पनि खरसाङको स्कट मिशन उच्चतर माध्यमिक विद्यालयकाे वार्षिक उत्सव कार्यक्रम खरसाङ बजारको पार्क लोकेशनस्थित हलमा मुख्य अतिथि सभासद जीटीएको सभासद श्यामकाे उपस्थितिमा सम्पन्न भयो। विद्यालयको वार्षिक उत्सवलाई मुख्य अतिथ सभासद श्याम शेर्पाले विद्यालयकी प्रधान अध्यापिका सेरेन प्रधान अनि अन्य शिक्षिकाहरुका उपस्थितिमा रिबन काटेर उदघाटन गरेका छन्। उदघाटनपछि विद्यालयद्वारा राखिएको सबै सानो सानो दोकानहरुमा गरिएको मनोरञ्जनात्मक खेलहरु, खानपीनहरुकाे सभासद श्याम शेर्पा लगायत अन्यले‌ अवलोकन गरेका थिए।


यस कार्यक्रममा सभासदद्वारा नानीहरूलाई कुपन पनि वितरण गरियो। यसै कार्यक्रममा नै स्कट मिशन उच्चतर माध्यमिक विद्यालयको 2026 को नयाँ क्यालेण्डर पनि सार्वजनिक गरेर वितरण गरिएको छ। यस कार्यक्रमबारे विद्यालयकी प्रधान अध्यापिका सेरेन प्रधानले जानकारी गराए अनुसा स्कट मिशन उच्चतर माध्यमिक विद्यालयले पढाइकाे साथै खेलकूद, वार्षिक प्रदर्शनी, वार्षिक उत्सव लगायत अन्य धेरै कार्यक्रमहरु सधै वार्षिक रुपमा आयोजना गर्ने जसले गर्दा नानीहरूकाे पढाई साथै मनोबल वृद्धि हुन्छ र पढाइ साथै धेरै कुराकाे जानकारी हुन्छ भनी बताइन्। उनले भनिन्, ‘यसबाट भविष्यमा धेरै क्षेत्रमा नानीहरूले प्रतिस्पर्धा गर्न सक्छन्। यस‌ वर्ष दशैंमा पैह्रो गएर धेरैले ज्यान गुमाउनु पर्यो यसमा हामी सबै दु:खित छौँ।‌ उनीहरुकाे आत्माले शान्ति पावोस् भनी हामी ईश्वरसित कामना गर्छौं। यस घटनाले नानीहरू पनि डराएको थियो नानीहरूलाई अलिकति मनोबलकाे लागि पनि यो कार्यक्रम आयोजना गरिएको हो।

उनले स्कूलकाे प्रत्येक कार्यक्रममा निम्त्याएको बेला उपस्थिति दिने सभासद श्याम शेर्पालाई पनि विशेष धन्यवाद दिएकी छन्। कार्यक्रममा प्रथामिक पाठशाला अनि हाई स्कूलको सबै सबै शिक्षक शिक्षिकागण, कर्मचारीहरु अनि आमन्त्रित अन्य पाठशालाकाे विद्यार्थीहरु, शिक्षिकाहरु, अभिभावकहरु पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement