टीआरआई समाचार
रङबुल: समाजलाई पिरोल्ने विभिन्न समस्याहरुबाट सतर्क गराउन विभिन्न संघ-संस्थाहरुले निरन्तर विशेष अभियान चलाउँदै आइरहेको छl यस्तै सतर्कता अभियानअन्तर्गत शनिबार रङबुलमा गैर सरकारी संस्था आशारिका फाउन्डेशनको सक्रियतामा डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटी (डीएलएसए-डाल्सा) र दार्जीलिङ चाइल्डलाइन खरसाङ उप-केन्द्रलाई समावेश गराएर सचेतनामूलक कार्यक्रम सम्पन्न भयोl यस कार्यक्रममा दार्जीलिङ चाइल्डलाइन खरसाङ उप-केन्द्रकी प्रभारी ईशा लेप्चाले बालबालिकाहरुको सुरक्षाका लागि चाइल्डलाइनले गर्ने प्रक्रिया बारे विस्तृत रुपमा जानकारी दिइन्l आफ्नो प्रस्तुतिमा उनले बाल अधिकार बारे पनि जानकारी दिइन्l उनले बालबालिकाहरुको सुरक्षाका लागि सबैलाई सक्रिय रहने आग्रह गरिन्l डाल्साका प्रतिनिधी कविता तामाङ प्रधान र विशाल गुरुङले डाल्साद्वारा गरिने कानुनी सुविधाहरु साथै बढ्दो साइबर अपराध बारेमा सबैलाई अवगत गराएl उनी दुवैले कानुनी सुझाव दिँदै लोक अदालतको बारेमा पनि सबैलाई जानकारी दिएl

चाइल्डलाइनका टीएम मेम्बर सौरभ बसेलले परिचय प्रस्तुत गरेपछि चाइल्डलाइनकी टीएम मेम्बर देवीमाया प्रधान तामाङले बाल तस्करीका कारणहरु बारे अवगत गराउँदै यसबाट सबैलाई सतर्क रहने आहवान गरिन्l यसका साथै उनले बढ्दो दुर्व्यसनको समस्यालाई निर्मूल पर्न सबैलाई अघि आउने आग्रह गरिन्l हालमा बढ्दै गइरहेको बाल विवाह समाजको लागि समस्यामूलक चुनौती भएको छl बाल विवाह समाजका लागि अर्को घातक समस्या भएको हुनाले यसलाई रोक्न समग्र समाज नै सक्रिय रहनु आवश्यक छ भन्ने कुरा चाइल्डलाइनकी टीएम मेम्बर दीपशिखा छेत्रीले बताइन्l सही उमेरअघि नै बिहे गर्दा हुने क्षतिहरु बारे उनले उपस्थित सबैलाई अवगत गराउँदै बाल विवाह कानुनी अपराध रहेको हुनाले सबैलाई यसबाट सतर्क भएर बस्नुपर्ने बताइन्l रङबुल फाटकको गणेश मन्दिर परिसरमा आशारिका फाउन्डेसनद्वारा आयोजित यस कार्यक्रममा विभिन्न संघ-संस्था, स्वनिर्भर समूह साथै विद्यार्थीहरु उपस्थित थिएl