अष्ट्रेलिया पुगेर नेटमा रोहित र कोहलीको अभ्यास शुरु

IMG-20251016-WA0146

पर्थ: भारतका अनुभवी ब्याटर विराट कोहली र रोहित शर्माले अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको निम्ति तयारी शुरु गरेका छन्। यस सीरीजको साथ इण्टरनेशनल क्रिकेटमा पुनरागमन गरिरहेका यी दुईजना दिग्गज क्रिकेटरले भारतको निम्ति आफ्नो अन्तिम म्याच आईसीसी च्याम्पियन्स ट्रफीमा खेलेका थिए। रोहित अब कप्तान नभएर केवल विशेषज्ञ ब्याटरको रूपमा खेल्नेछन्। भारत र अष्ट्रेलियाबीच वनडे सीरीजको शुरुवात १९ अक्टोबरदेखि हुनेछ अनि यसअघि टीम इण्डियाले पहिलो अभ्यास सत्रमा हिस्सा लियो। दुवै पूर्व कप्तानले बिहीवार नेट्समा लगभग आधा घण्टासम्म ब्याटिंग अभ्यास गरे। ३ वटा एकदिने र ५ वटा टी२० इण्टरनेशनल म्याचको सीरीज खेल्न भारतीय खेलाड़ीहरू बुधवार र बिहीवार दुईवटा समूहमा अष्ट्रेलिया पुगे। नेट्समा ब्याटिंग अभ्यास गरेपछि रोहितलाई मुख्य प्रशिक्षक गौतम गम्भीरसँग कुराकानी गरिरहेको देखियो। कोहली र रोहित दुवैले टेस्ट र टी२० इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिइसकेका छ अनि अहिले केवल वनडे प्रारूपमा खेल्छन्। यसैकारण यी दुईजना महान खेलाड़ीको निम्ति यो अन्तिम अष्ट्रेलिया यात्रा पनि हुनसक्छ। वर्ल्ड कप २०२७-मा दुवैको भागीदारी तय छैन कारण त्यस समयको फर्म र फिटनेसमाथि पनि धेरै कुरा निर्भर गर्नेछ। भारतका नयाँ वनडे कप्तान शुभमन गिलले चाहिँ रोहित र कोहलीको अपार अनुभवलाई ध्यानमा राखेर यी दुई दिग्गजको समर्थन गरेका छन्। नेट सत्रमा कोहलीले बलिंग प्रशिक्षक मोर्ने मोर्कल र पेस बलर अर्शदीप सिंहसँग पनि कुराकानी गरे। कप्तान गिललाई पनि नेट्समा आक्रामक शट्रहरू खेल्ने अभ्यास गरिरहेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement