प्रदेश भाजपा प्रतिनिधि टोलीले भट्यो केन्द्रीय मन्त्री बाम्भानियालाई

IMG-20251016-WA0151

गान्तोक: चार दिनको आधिकारिक भ्रमणमा हिजो सिक्किम आइपुगेकी केन्द्रीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण राज्यमन्त्री श्रीमती निमुबेन जयन्तिभाई बाम्भानियासँग हिजो नै सिक्किम प्रदेश भाजपा-को एउटा प्रतिनिधि टोलीले भेटघाट गऱ्यो। भेटघाट अवधि भाजपा सिक्किमका उपाध्यक्ष दिनेश चन्द्र नेपाल, पार्षद बिन्धिया सेञ्चुरीलगायत अन्य पार्टी कार्यकर्ताले केन्द्रीय मन्त्रीलाई स्वागत जनाए।
भ्रमण अवधिमा मन्त्री बाम्भानियाले आफ्नो मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका केन्द्र सरकारका विभिन्न योजनाहरूको समीक्षा गर्नुका साथै राज्यका अधिकारीहरूसँग अन्तरक्रिया गर्ने र सिक्किममा उपभोक्ता मामिला, खाद्य सुरक्षा तथा सार्वजनिक वितरणसम्बन्धी विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement