मंगन: मंगन जिल्ला खेलकूद एवं युवा मामिला विभागको सहयोगमा आज जङगु निर्वचान क्षे्त्रअन्तर्गत खण्डस्तरीय छनौट कार्यक्रम सम्पन्न भयो। यस छनौट कार्यक्रम १६ वर्षभन्दा कम उमेरका किशोरहरुलाई लिएर आयोजना गरिएको थियो। उक्त कार्यक्रम जङ्गु निर्वाचन क्षेत्रअन्तर्गत पासिङदाङ माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो। कार्यक्रममा एथलेटिक्स र टेबल टेनिस खेललाई प्राथमिकता दिएको थियो। यस अवसरमा जङगु निर्वाचन क्षेत्रअन्तर्गत ६ वटा विद्यालयबाट कूल ८३ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। क्षेत्रका छनौट भएका प्रतियोगीहरूले आगामी १७ अक्टोबरको दिन सम्पन्न हुने जिल्लास्तरीय प्रतियोगितामा अंशग्रहण गर्ने छन्। उक्त प्रतियोगिता मंगन सार्वजनिक खेल मैदानमा सम्पन्न हुने भएको छ।