स्थानीय उत्पादहरुको लागि जिल्लापाल अघि सरे

IMG-20251016-WA0147

गेजिङ: गेजिङ जिल्ला प्रशासनको पहलमा स्थानीय सब्जी बिक्रेताहरूलाई बिक्री गर्नमा कुनै प्रकारको असुविधा नहोस् भन्ने ध्येयले गेजिङ बजारमा ब्यारिकेड लगाइएको छ। जिल्लापाल तेञ्जिङ डी डेञ्जोङपाले उक्त बजारमा ब्यारिकेड लगाउनुको दुईवटा मुख्य कारणमध्ये आइतबार र बिहीबारको दिन बजारको छेउमा चल्ने सवारी साधनको ट्राफिकबाट स्थानीय सब्जी विक्रेताहरूलाई अनावश्यक हानीबाट जोगाउनु यस्तो गरिएको बताए। बजार नलाग्ने दिनहरूमा सवारी साधनहरूको सुरक्षित पार्किङ गर्न विषयमाथि जानकारी दिए। विक्रेताहरूले यस पहलको लागि जिल्लापाल प्रति कृतज्ञता व्यक्त गर्दै सहयोगको लागि प्रशंसा गरे। जिल्लापालले आज आई लभ गेजिङ साइनेज स्थापनाको अनावरण पनि गरे। यसले स्थानीय साथै पर्यटकहरूलाई थप आकर्षण बनाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement