पाकिममा केन्र्दीय मन्त्रीले लिइन् सरकारी योजना कार्यन्वयनको जायजा

IMG-20251016-WA0145

गान्तोक: चार दिवसीय सिक्किम भ्रमणमा आएकी भारत सरकारको उपभोकता मामिला, खाद्य तथा नागरिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाइ बम्भानियाले पाकिम जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरिन्। उनले केन्द्र सरकार अधिनस्थ निर्माणाधीमन विभिन्न विकासीय योजनाहरूको निरीक्षण गरिन्। केन्द्रीय मन्त्री बम्भानियाले एनएचआइडीसीएलद्वारा रानीपुलदेखि पाकिमसम्म निर्माण गरिएको सडकको निरीक्षण गरिन्। पाकिम जिल्लाको भ्रमणको क्रममा उनलाई जिल्लापाल रोहन अगवा, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, महकुमा अधिकारी डीएम सुब्बा लगायत अन्य अधिकारीहरूले स्वागत जनाए। सोही प्रकारले उनले पाकिम जिल्लामा सञ्चालित आइसीडीएस केन्द्रहरूको पनि निरीक्षण गरिन्।
यसबीच पोषण र बाल कल्याण सेवा विषयमाथि चर्चा परिचर्चा पनि गरिन्। यसरी नै उनले प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षणको क्रममा चिफ मेडिकल अधिकारीसित ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचलाई लिएर पहल गरिएको विभिन्न प्रकारको सुविधाबारे जानकारी लिइन्। मन्त्रीले सेल्फ हेल्प ग्रूपद्वारा गरिएको कार्यको प्रशंसा गरिन्। विशेष गरेर महिला सशक्तिकरण र जीविकापोर्जनबारे पनि मन्त्रीले जानकारी लिइन्। त्यसपछि उनले ताजा ग्राम पञ्चायत यूनिटमा प्रधानमन्त्री आवास योजनाअन्तर्गत निर्मित घरहरूको निरीक्षण गर्दै लाभार्थीहरूसँग अन्तर्क्रिया गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement