दार्जीलिङ: आज दार्जीलिङको ब्लूमफिल्ड फ्रेडरिक क्षेत्रमा ४ अक्टोबरमा आएको भीषण पैह्रोबाट प्रभावित परिवारहरूलाई राहत वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
यस अवसरमा दार्जीलिङ माननीय सांसद राजु बिष्ट र असम सरकारको सहयोगमा पठाइएको राहत सामग्रीहरू भाजपा र भाजयुमो दार्जीलिङ साथै रिशीहाट-ब्लुमफिल्ड मंडल टोलीद्वारा पीडित परिवारहरूलाई हस्तान्तरण गरियो।
यो राहत वितरण कार्यक्रमले बाढी तथा पैह्रोबाट प्रभावित दार्जीलिङका नागरिकहरूलाई कठिन समयमा ठूलो राहत पुर्याएको छ। दार्जीलिङका जनताप्रतिको संवेदनशीलता र जिम्मेवारी बोध गर्दै माननीय सांसद राजु बिष्टा जीले देखाउनुभएको निरन्तर प्रतिबद्धता तथा असम सरकार र भाजपा असम प्रदेशको मानवतापूर्ण योगदानप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

दार्जीलिङका जनताले यो सहयोगलाई आत्मीय सद्भाव र भाइचाराको प्रतीकका रूपमा ग्रहण गरेका छन्। यस्तो कठिन समयमा एक प्रदेशले अर्को प्रदेशलाई सहयोग गर्दै जनताको पीडा बुझ्ने संस्कारले हाम्रो संघीय एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
दार्जीलिङ भाजपा र भाजयुमो परिवारको तर्फबाट,
माननीय सांसद राजु बिष्ट र असम सरकारलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरियो।

आजको टोलिमा विशेषगरी भाजपा जिल्ला बाट कार्यकारी सदस्य रोशन गुरुङ, सवन सुब्बा, भाजयुमो जिल्ला अध्यक्ष नीरज राई, उपाध्यक्ष सुपेन्द्र प्रधान, अगम प्रधान, सनन्द छेत्री, ब्लुमफिल्ड रिशीहाट मंडल अध्यक्ष अरुणा राई, सदर-१ अध्यक्ष पिन्की लिम्बू, सदर-३ अध्यक्ष सुश्मा लामा, सोम-तकभर संयोजिका रेश्मा गुरुङ, बन्दना मंगर, सुजाता शंकर एवं पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।