भाजपाद्वारा घैयाबारी र सिविटार क्षेत्रमा पैह्रो प्रभावितहरुलाई राहत सामग्रीहरु वितरण

IMG-20251016-WA0140

तीनधारे: गत ४ अक्टोबरका दिन परेको भीषण वर्षा र पैह्रोका कारण तीनधारे क्षेत्र अन्तर्गत घैयाबारी र सिविटार क्षेत्रमा पैह्रोले घरहरू क्षतिग्रस्त भएका थिए। यसै सन्दर्भमा तीनधारे महानदी मण्डल अध्यक्ष उमेश प्रधान आफ्ना टोलीसहित प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेका छन्। उनीसँगै मण्डल उपाध्यक्ष योगेन्द्र छेत्री, महासचिव दिपराज माझी, घैयाबारी दुईका पञ्चायत सदस्य सुनिता खाती र महेश छेत्री तथा अन्य कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

यस राहत सामग्रीहरुका‌ लागि स्थानीय बासिन्दाहरूले सांसद राजु बिष्टप्रति विशेष धन्यवाद ज्ञापन गर्दै भाजपा असम प्रदेशको सहयोगमा राहत सामग्री उपलब्ध गराइदिएकोमा आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement