खरसाङको रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयमा वार्षिक उत्सव सम्पन्न

IMG-20251016-WA0098

खरसाङ: खरसाङको रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव जीटीएको एमओडी सभासद श्याम शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयको वार्षिक उत्सव मुख्य अतिथि सभासद श्याम शेर्पाले रिबन काटेर उदघाटन गरेक‌ा थिए। उनले वार्षिक उत्सवको उदघाटन विद्यालयकी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मो अनि अन्य शिक्षिकाहरुकाे उपस्थितिमा गरेका छन्। यस अवसरमा विद्यालयमा विभिन्न मनोरञ्जनात्मक खेलहरु र खाद्यान्न प्रदर्शनी गरिएको थियो।
यस कार्यक्रममा सभासद श्याम शेर्पाद्वारा नानीहरूलाई कुपन पनि वितरण गरेका थिए। यस कार्यक्रममा नानीहरू सबैले मनोरञ्जन गरेका थिए। यस कार्यक्रमबारे विद्यालयकाी प्रधान अध्यापिका चन्द्रकला थापा यल्मोले जानकारी गराए अनुसार रामकृष्ण उच्च माध्यमिक विद्यालयले पढाइकाे साथमा खेलकुद, विभिन्न प्रदर्शनीहरु वार्षिक उत्सव, लगायत अन्य धेरै धेरै कार्यक्रमहरु वार्षिक रुपमा आयोजना गर्ने गरेका छन् जसले गर्दा नानीहरूकाे मनोबल वृद्धि हुन्छ। उनले यस्ता क्रियाकलापहरु र कार्यक्रमले विद्यार्थीहरुको पढाई साथै धेरै कुराकाे जानकारी हुन्छ र भविष्यमा धेरै क्षेत्रमा नानीहरूले प्रतिस्पर्धा गर्न सक्छ भनी बताइन्। उनले भनिन्, यस वर्ष दशैंमा पैह्रो गएर धेरैले ज्यान गुमाउनु पर्यो र यसमा हामी सबै दुःखित छौं। उनीहरुकाे आत्माले शान्ति पावोस् भनी हामी ईश्वरसित कामना गर्छौं। यस घटनाले नानीहरू पनि डराएको थियो।

नानीहरूलाई अलिकति मनोबलकाे लागि पनि यो कार्यक्रम आयोजना गरिएको हो। यसकोनसाथै स्कूलकाे प्रत्येक कार्यक्रममा निम्त्याएको बेला उपस्थिति दिने सभासद श्याम शेर्पालाई पनि उनले धन्यवाद दिइन्। कार्यक्रममा प्राथमिक पाठशाला युनिट वानकाे अध्यापिका रेखा छेत्री अनि युनिट टुकाे प्रधान अध्यापिका रेखा राई, शिक्षिकागण, स्टाफहरु अनि आमन्त्रित अन्य पाठशालाकाे विद्यार्थीहरु शिक्षिकाहरु, समष्टिको‌ कार्यवाहक सचिव प्रेम बम्जन अनि रुपेश देवानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement