राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दार्जिलिङको महाकाल बाबा मन्दिरमा गरिन् पूजा अर्चना

IMG-20251016-WA0090

दार्जिलिङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङको प्रसिद्ध मन्दिर महाकाल बाबा मन्दिरको दर्शन गरेकी छन्। उनले महाकाल बाबा मन्दिरमा पुगेर पूजा अर्चना गर्नुको साथै महाकाल बाबाको आशिर्वाद लिएकी छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको महाकाल बाबा मन्दिरमा पूजा अर्चना गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्दिर दर्शन गर्न आउने विकलाङ्ग, वृद्ध वृद्धाहरुको निम्ति दार्जिलिङ महाकाल बाबा धामको दर्शन गर्न सुविधाको निम्ति ग्रीन कार्ड उपलब्ध गराइने जसको सहायताद्वारा वयोवृद्धहरुले कुनै कठिनाइ भोग्न नपर्ने बताइन्। यसका निम्ति बैटरीले चल्ने सानो सटल्स मन्दिर समितिलाई प्रदान गरिनु पर्ने पनि मुख्यमन्त्रीले जीटीए प्रमुख अनित अनित थापालाई निर्देश दिइन्।

यसका साथै उनले सिलगढीमा चाडै नै शिव मन्दिरको स्थापना गरिने पनि बताइन्। यसका साथै उनले विभिन्न स्थानहरुका पर्यटकहरुलाई दार्जीलिङ पहाड घुम्न आउने अनि यहाको सौन्दर्य अवलोकन गर्ने पनि आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement