आरसी बारे आफ्नो अडान स्पष्ट गर्न आह्वान

Seal_of_Sikkim.svg_.png

गान्तोक: सिक्किमका पुराना रैथानेहरूले सिक्किम सरकारलाई आवासीय प्रमाणपत्र (आरसी) बारे आफ्नो अडान स्पष्ट गर्न आह्वान गरेको छ। पुराना रैथानेहरूको पक्षमा गठित संयुक्त कार्य समितिका मुख्य संयोजक प्रेम गोयलले यस्तो आह्वान गरेका हुन्।

जिल्ला प्रशासनिक केन्द्र परिसरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै गोयलले राज्य सरकारलाई आरसी विषय ठोस निर्णय लिन आह्वान गरे। उनले आरसीलाई सीओआई समान बनाउने कि नबनाउने अथवा रिजेक्ट गर्ने हो, यस विषयमा झट्ट निर्णय लिन आह्वान गरे। सरकारले आफ्नो अडान स्पष्ट गरेपछि पुराना रैथानेहरू के गर्नु पर्ने हो त्यो गर्नेछ भनी उनले बताए।

उनले दिसम्बर २०२१ देखि आरसी जारी गर्ने काम रोकिएको बताउॅंदै यस कारण धेरै मानिसहरू सरकारी सहुलियत र सुविधाहरूबाट वञ्चित बनिरहेको जानकारी गराए। उनले सिक्किमका पुराना रैथानेहरूलाई पनि अंगालेर राखौं भन्दै सिक्किममा कायम शान्ति अनि सुरक्षालाई भंग गर्ने काम नगरौं भनी आह्वन पनि गरे। उनले पुराना रैथानेहरू आरसीका हकदार रहेको र सिक्किम सब्जेक्ट धारक समान अधिकारका लागि योग्य रहेको दाबी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *