नयाँ दिल्ली: भारत सरकारको निम्ति २०३६ ओलम्पिक गेम्सको आयोजन सदा एउटा दीर्घकालिक लक्ष्य रहेको छ। यस दिशामा एउटा ठूलो कदम अहिले अहमदाबादको रूपमा आएको छ कारण २०३० कमनवेल्थ गेम्सको आयोजन भारतलाई हासिल हुन गइरहेको छ। कमनवेल्थ स्पोर्ट्सको कार्यकारी समितिले यसमाथि आफ्नो सहमति दिएको छ अनि यसको औपचारिक अनुमोदन २६ नोभेम्बरमा दिइनेछ। यो आयोजन भारतको निम्ति मात्र ऐतिहासिक नभएर कमनवेल्थ गेम्सको १०० साल पूरा भएको प्रतीक पनि हुनेछ कारण यी खेलहरूको पहिलोपल्ट १९३०-मा हेमिल्टन (कनाडा)-मा आयोजन भएको थियो। कमनवेल्थ गेम्स २०३०-को आयोजन अधिकार हासिल गर्ने रेसमा भारतले नाइजेरियाबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो तर कमनवेल्थ स्पोर्ट्सको कार्यकारी समितिले नाइजेरियालाई २०३४-को आयोजनको निम्ति समर्थन गर्ने निर्णय लियो। यी खेलहरूको आयोजनको निम्ति विश्वभरिका शहरहरूले ३१ मार्च २०२५-सम्म आफ्नो रुचि दर्ता गर्नु थियो। त्यसपछि उनीहरूले ३१ अगस्तसम्म आफ्नो विस्तृत बिड डक्युमेण्ट या बिड डोजियर जमा गर्नु थियो। यस दस्तावेजमा हरेक शहरले उनीहरू खेलहरूका आयोजन गर्न कस्तो रणनीति अप्नाउनेछन् भन्ने बताउनु थियो। यसको साथमा खेल सुविधाहरू, खेल गाउँ, सुरक्षा व्यवस्था र आयोजन पछिको योजनाहरूबारे पनि जानकारी दिनु थियो। त्यसपछि कमनवेल्थ स्पोर्ट्स फेडरेशन (सीजीएफ)-ले यी सबै प्रस्तावहरूका मूल्यांकन गरेर नोभेम्बरको अन्तसम्म फसेला लिनु थियो। समय सीमाभन्दा अघि केवल दुईवटा देश भारत (अहमदाबाद) र नाइजेरिया (अबुजा)-ले २०३० सेञ्चुरी कमनवेल्थ गेम्सको आयोजनको निम्ति आफ्नो बोली प्रस्तुत गऱ्यो।
भारतको यस महत्त्वकांक्षी यात्राको शुरुवात जनवरी २०२५-मा भएको थियो जब गुजरातका मुख्यमन्त्री भुपेन्द्रभाई पटेल र एथलेटिक्स फेडरेशन अव् इण्डियाका प्रतिनिधिहरूले कमनवेल्थ गेम्स फेडरेशनका भाइस प्रेसिडेण्ट क्रिस जेनकिन्ससँग गान्धीनगरमा भेट गरेका थिए। त्यस बैठकमा अहमदाबादको बोलीलाई लिएर प्रारम्भिक चर्चा भएको थियो। यसको साथमा भारत २०२६ ओलम्पिक खेलहरूको आयोजनको निम्ति आवेदन गर्न इच्छुक रहेको स्पष्ट गरिएको थियो। त्यसपछि १६ फरवरीमा कमनवेल्थ गेम्स फेडरेशनका सीईओ केटी सेडलरले भारतको प्रयासहरूको सराहना गर्दै अहमदाबादको यो प्रयास भारतलाई २०३६ ओलम्पिकको दिशामा अघि बढ़ाउने एउटा मजबूत कदम साबित हुने बयान दिएका थिए। भारत सरकार र भारतीय ओलम्पिक एसोसिएशन (आईओए)-ले पूरा प्रक्रियालाई अत्यन्त व्यवस्थित तरिकाले अघि बढ़ायो। आईओए-ले २१ मार्चमा भारत सरकारको अनुमति लिएर औपचारिक रूपले लेटर अव् इण्टेण्ट (अभिरुचि पत्र) जमा गरेको थियो। त्यसपछि जून २०२५-मा भारतका सरकारी र खेल प्रतिनिधिहरूका एउटा उच्च स्तरीय दल लण्डन स्थित कमनवेल्थ गेम्स फेडरेशनको मुख्यालय पुगेको थियो। त्यहाँ खेलहरूको विरासत, आर्थिक मोडल र आयोजनको ढाँचामाथि विस्तारले चर्चा गरिएको थियो। त्यस बैठकपछि भारतको बोलीलाई लिएर वैश्विक स्तरमा निक्कै गति आयो। आईओए-को १३ अगस्तमा भएको विशेष आम बैठकमा अहमदाबादको बालीलाई सर्वसम्मतिद्वारा मञ्जुरी दिइयो। दुई हप्तापछि भारत सरकारले पनि आधिकारिक रूपमा यस बोलीलाई मञ्जुरी दियो अनि २०३६ ओलम्पिक रोडम्यापको प्रारूप पनि कमनवेल्थ गेम्स फेडरेशन समक्ष राखियो। शुरुवातमा भुवनेश्वरलाई पनि एउटा सम्भावित आयोजन शहरको रूपमा सामेल गरिएको थियो तर अन्तमा भारतीय प्रतिनिधिमण्डलले अहमदाबादलाई नै अन्तिम र सर्वश्रेष्ठ विकल्प मान्यो। सेप्टेम्बरमा भारतीय प्रतिनिधिमण्डलले कमनवेल्थ गेम्स फेडरेशन समक्ष आफ्नो अन्तिम प्रस्तुति दियो। यसमा आईओए अध्यक्ष पीटी उषा, गुजरातका खेल मन्त्री हर्ष सांघवी, आईओए सीईओ रघुराम अय्यर र प्रधान सचिव अश्विनी कुमार सामेल थिए। अन्तमा कमनवेल्थ गेम्स फेडरेशनले अहमदाबादको प्रस्तावलाई सर्वसम्मतिद्वारा स्वीकार गऱ्यो। अब अघिल्लो ठूलो कदम २६ नोभेम्बरमा हुने कमनवेल्थ गेम्स फेडरेशनको कार्यकारी समितिको बैठकमा हुनेछ, जसमा अहमदाबादलाई आयोजनको औपचारिक मञ्जुरी दिइनेछ। त्यसपछि भारतको असली परीक्षा शुरु हुनेछ। परीक्षा २०३० कमनवेल्थ गेम्सलाई अहिलेसम्मको सबैभन्दा सफल कमनवेल्थ गेम्स बनाउनेछ। यसको साथमा भारतले २०३६ ओलम्पिक आयोजनको दिशामा पनि मजबूत कदम बढ़ाउनेछ।