देन्ताममा एसकेएम पार्टीको समन्वय बैठक

IMG-20251015-WA0177

गेजिङ: मानेबुङ-देन्तामस्थित एसकेएम पार्टी कार्यालयमा पार्टीको क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न भयो। क्षेत्र विधायक सुदेशकुमार सुब्बाले गरेका थिए। कार्यक्रममा जिल्ला पञ्चायत सदस्यहरू, क्षेत्रका वार्ड पञ्चायत प्रतिनिधिहरु, पार्टीका क्षेत्रस्तरीय समिति सदस्य, ब्लक तथा वार्ड सभापतिहरू, साथै युवा तथा नारी मोर्चाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सभामा पार्टी सदस्यता अभियान, जनसंपर्क सुदृढीकरण र क्षेत्रीय विकासका आगामी कार्यक्रमहरूबारे विस्तृत छलफल भयो। पीएमश्री देन्ताम सरकारी वरिष्ठ माध्यमिक विद्यालयको गौरवशाली शताब्दी समारोह सम्बन्धी विशेष एजेन्डा पनि प्रस्तुत गरिएको थियो। विद्यालयको ऐतिहासिक योगदान, र शिक्षाको माध्यमबाट समाजमा आएको परिवर्तनबारे सभाले छलफल गर्दै आगामी क्षेत्रीय सहयोग र सहभागिता सुनिश्चित गर्ने निर्णय गर्योि। सभालाई सम्बोधन गर्दै विधायक सुदेशसुब्बाले शिक्षा क्षेत्रमा देन्ताम विद्यालयको शताब्दी उत्सव केवल विद्यालयको मात्र नभएर समग्र पश्चिम सिक्किमको गौरव रहेको बताए। उनले सरकारद्वारा सञ्चालनमा रहेका शिक्षा र पूर्वाधार विकासका योजनाबारे विस्तृत जानकारी दिँदै क्षेत्रका सबै प्रतिनिधिहरूलाई सक्रिय सहभागिताको आह्वान गरे। उनले पार्टी सदस्यता अभियानलाई जनसरोकारसँग जोड्दै एसकेएम पार्टी जनताको हृदयमा बसेको पार्टी रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement