सिङलिङ एससी मिनिस्टर गोल्ड कप टुर्नामेन्टको सेमीफाइनलमा

IMG-20251015-WA0174

सोरेङ: तेस्रो मिनिस्टर फुटबल प्रतियोगितामा नारायण छेत्रीले खेल शुरू भएको ४४औं मिनेटमा निर्णायक गोल गर्दै सिङलिङ स्पोर्टिङ क्लब सेमिफाइनलमा पुग्न सफल भएको छ। आज खेलिएको क्वाटरफाइनल खेलमा सिङलिङ स्पोर्टिङ क्लबले डीकेकेएस-लाई शुन्यको विरुद्ध एक गोलले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ। अब सिङलिङले केएफसी सिलगढी र जयस्वाल ब्रदर्स रम्फुबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ। अर्को सेमिफाइनल म्याच रेड पाण्डा एफसी र जोर्जन एफसी कालेबुङ माझ शुक्रबार खेलिने छ।
आजको खेलमा उत्कृष्ट खेलाडी सिङलिङ स्पोर्टिङ क्लबका नारायण छेत्री बने। उनलाई मुख्य अतिथिको बाहुलीबाट पुरस्कार प्रदान गरियो। दरमदिन खेलकुद संघ (डीकेकेएस)-को तत्वावधानमा सोमबारे स्कूलको खेलमैदानमा भइरहेको मिनिस्टर गोल्डकप फुटबल टुर्नामेन्टको तेस्रो संस्करणअन्तर्गत तेस्रो दिनको प्रतियोगितांमा समाजसेवी एवं सरकारी ठेकेदार सञ्जय चाण्डक प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
यसरी नै सूचना एवं जनसम्पर्क विभागका सल्लाहकार एसबी सुब्बा, आबकारी विभागका ओएसडी रेमन थापा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
उल्लेख्य, यस प्रतिष्ठित मिनिस्टर गोल्डकप टुर्नामेन्टमा सिक्किम राज्य र बाहिरका आठवटा स्थापित क्लबहरुले अंशग्रहण गरेका थिए भने तीनवटा टोली जसमा सिक्किम आक्रमण, सिक्किम ड्र्यागन एफसी सिक्किम र डीकेकेएस टुर्नामेन्टबाट बाहिरिएको छ। यस प्रतियोगितामा सहभागिता जनाउने क्लबहरुमा सिक्किम आक्रमण, रेड पाण्ड एफसी नाम्ची, जोर्जन एफसी कालेबुङ, सिङलिङ स्पोर्टिङ क्लब, डीकेकेएस सोमबारे, केएफसी सिलगढी, जयस्वाल ब्रदर्स रम्फु र सिक्किम ड्र्यागन एफसी सिक्किम सामेल छन्। यस प्रतियोगिताका विजेता दललाई ५ लाख एक हजार र उपविजेता दललाई ३ लाख एक हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ भने यस प्रतियोगिताको समापन आगामी २० अक्टोबरको दिन हुने आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement