मंगन जिल्ला नार्को समितिको बैठक

IMG-20251015-WA0173

मंगन: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा आज जिल्लास्तरीय नार्को समितिको एक सभा सम्पन्न भयो। सभामा १०९ वटा विद्यालयहरूमा सचेतना कार्यक्रम आयोजना गरिएको अवगत गराइयो। राज्यको सम्पूर्ण शैक्षिक संस्थानहरूलाई तम्बाकुमुक्त बनाउनको निम्ति पहल गरिएको जानकारी सभामा दिइयो। सभामा विशेष पछिल्लो सभामा लिएको निर्णय र प्रस्तावलाई कार्यान्वयनबारे छलफल गरियो। अधिकारीहरूले नशालुपदार्थलाई लिएर कडा पहल गर्ने पनि छलफल गरिएको थियो।
आज सम्पन्न सभामा जिल्ला पुलिस अधीक्षक एलबी छेत्री, अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement