युथ फ्रण्ट सुपर लीगः एससी ईष्ट बेंगल विजयी

IMG_20220924_233639.jpg

२४ सेप्टेम्बरः युथ फ्रण्टको तत्वावधानमा आयोजित युथ फ्रण्ट सुपर लीग फूटबल प्रतियोगितामा शनिवार एससी ईष्ट बेंगलले जीत हासिल गऱ्यो। सिलगढ़ीको गुल्मा स्टेशन नजिक युथ फ्रण्ट मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आज भएको म्याचमा एससी ईष्ट बेंगलले केरला ब्लास्टर्सलाई २-०-ले पराजित गऱ्यो । विजेता टीमका सागर माहातोलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने म्याचमा नर्थ ईष्ट युनाइटेड एफसी र चेन्नईयन एफसी-बीच भिड़न्त हुनेछ। आयोजकहरूले बताएअनुसार, गत १६ सेप्टेम्बरदेखि शुरु यस टुर्नामेण्टको दोस्रो संस्करणमा स्थानीय खेलाड़ीहरूलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न अंशग्रहणकारी टीमहरूका नाम आईएसएल-का शीर्ष टीमहरूका नाममा राखिएको छ। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। प्रत्येक ग्रुपबाट विजेता अनि उपविजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ। फाइनल ३ अक्टोबरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *