केन्द्रीय राज्यमन्त्री जयन्तीभाइ बम्भानिया सिक्किम भ्रमणमा

IMG-20251015-WA0171

गान्तोक: भारत सरकारको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मामिला राज्यमन्त्री निमुबेन जयन्तीभाइ बम्भानिया चार दिवसीय भ्रमणको निम्ति सिक्किम आएका छन्। सिक्किम आउने क्रममा आज उनलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डामा सिक्किम राज्यका खाद्य एवं नागरिक आपूर्ति विभागका संयुक्त निर्देशक अनिल सिक्देल, गृह विभाग र टीआईसी सिलगढी अनि सिक्किमका अधिकारीहरूले स्वागत जनाए। चार दिवसीय आधिकारिक भ्रमणको निम्ति आएका केन्द्रीय मन्त्रीले पूर्वोत्तर सम्पर्क सेतुअन्तर्गत 18 अक्टोबरसम्म सञ्चालन हुने कार्यक्रममा सहभागित जनाउने छन। सिक्किम भ्रमणको क्रममा उनले पाकिम र गान्तोक जिल्लाका अधिकारीहरूलाई लिएर केन्द्रीय योजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेका विकासीय कार्यहरूबारे जानकारी लिने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement