‘युवा महोत्सव २०२५’ टिमले भेट्यो सियोक–गोदामधुरा पैह्रो पीडितहरूलाई

IMG-20251015-WA0170

मिरिक: विगत ४ अक्टोबर २०२५ को राति परेको अविरल वर्षाका कारण बाढी तथा पैह्रोले गाउँ नै बगाएको सियोक–गोदामधुरा क्षेत्रका पीडितहरूलाई ‘युवा महोत्सव २०२५’ टिमले भेट गरी आर्थिक सहयोग साथै विद्यार्थीहरूका लागि आवश्यक सामग्रीहरू जस्तै खाता, पेन आदि अनुदान स्वरूप वितरण गरियो। यस अभियानको अगुवाइ युवा अध्यक्ष अमृत योञ्जनले गरेका थिए। प्रतियोगी विद्यार्थीहरू तथा युवाहरूले आफ्नै स्तरबाट रकम संकलन गरी नगद रू. ४५,००० र केही शैक्षिक सामग्रीहरू पीडित परिवारहरूलाई हस्तान्तरण गरे।

टिमका सदस्यहरूका अनुसार, “हामी विद्यार्थी तथा युवा भए तापनि स-साना प्रयासहरूले ठूलो सहयोग गर्न सकिन्छ भन्ने विश्वास राख्छौं। यदि दार्जिलिङ, कालेबोङ, खर्साङ र मिरिकका प्रत्येक बासिन्दाले यसरी हातेमालो गरे भने, पीडितहरूका पीडा छिट्टै कम हुनेछन्,” उनीहरूले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement