सिपीआई(एम) दार्जिलिङ जिल्ला कमिटीद्वारा मिरिकको सियोकमा पैह्रो प्रभावितहरूलाई सहयोग

IMG-20251015-WA0137

मिरिक: राहत कार्यलाई निरन्तरता दिँदै आज सिपीआई(एम) दार्जिलिङ जिल्ला कमिटीले दार्जिलिङका पहाडी क्षेत्रमा पहिरो र बाढीबाट प्रभावित पिडितहरूलाई सहयोग प्रदान गरेको छ। उक्त टोलीले सियोक चिया बगानका बासिन्दाहरूलाई आउँदो जाडो महिनाको तयारीका लागि न्यानो सामानहरू जस्तै कम्बल, ज्याकेट, पुलओभर र पाइन्ट वितरण गरेका छन्। यस टोलीलाई माकपा जिल्ला सचिव मण्डली सदस्य सचिन खातीले नेतृत्व गरेका थिए‌ यस अवसरमा जिल्ला सदस्य राजु सरकार, किस्मत तामाङ, एरिया सदस्य दिपा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

माकपाले यस प्राकृतिक प्रकोपमा विभिन्न स्थानहरुमा पुगेर राहत सामग्रीहरु वितरण गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement