दार्जीलिङ: गत ४ अक्टोबर राती परेको घनघोर पानीले दार्जीलिङ पहाडमा जनधन लगायत अनेकौं घर,पूल र सडकहरु विध्वंस भए। यसबारे तृणमूल कांग्रेसको महासचिव तथा यादवपुरका सांसद अभिषेक ब्यानर्जीले प्रेस वयान गर्दै यो मानव निर्मित विपत्ति हुन् भनेर दोषारोपण गरेका छन्। भल पहिरोबाट पिडित स्थितिमा पहाड अनि यहाँको जनताप्रति उनको यो वयान हेल्चेक्राई हो भनी भारतीय जनता पार्टी युवा मोर्चा दार्जिलिङ जिल्ला अध्यक्ष निरज बान्तवा राईले आरोप लगाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने, यो बयान
उदासीनता हो। भाजपा दार्जीलिङ जिल्ला यस्तो उत्पट्याङ वयानको तिब्र विरोध गर्दछौं। अलिपुरद्वार जिल्ला नगरकट्टा क्षेत्रमा आएको भल पहिरो भुटानले पानी छोडेर हुनुसक्छ। तर दार्जीलिङ पहाडमाथि प्राकृतिक आपदा हो। प्राकृतिक आपदालाई मान्छेद्वारा सृजना गरिएको भनी भन्नु पहाडप्रति चरम असहिष्णुता हो। यसो भनेर के वर्तमान जीटीएका पदाधिकारीहरुलाई दोषी बनाउँदै होशियारी गराएका हुन्? यदि साँचो हो भने स्पष्टतासाथ वयान गरून्। सम्पूर्ण पिडित जनता दोषी होइनन्। उनको वयानद्वारा पहाडप्रति टिएमसी सरकार र नेताहरुका भावना कतिको नकारात्मक छन् भन्ने स्पष्ट गर्दछ।’
निरज राईले अघि भने, ‘गोर्खा जातिको दशैं पर्वको मुखमा घटेको यो प्राकृतिक आपदाको कारण धेरैले आफ्नो सन्तान गुमाएका छन्। धेरैले घर र पशुधन गुमाएका छन् भने पहाडको धेरै ठाउँमा पूल,कल्भर्ट, सडक र खेलमैदानहरु भत्किएका छन्।पहाडको जनतालाई स्वाभाविक स्थितिमा फर्कनु अझै कति समय लाग्ने हो? धेरै ठूलो धनराशिको आवश्यकता पर्छ। तर यो विनाशको उचित भरपाई गर्न आवश्यक छ। यसको लागि राज्य सरकारले राज्य स्तरिय आपदा घोषणा गर्नुपर्ने हो। राज्यको मुख्य मन्त्री दुई पटक दार्जीलिङ पहाड चढेर, पहिरो ग्रस्त क्षेत्र घुमेर पनि तर संकिर्ण राजनीतिक फायदाको लागि राज्य सरकारले राज्य आपदा घोषणा गरेन। राज्य सरकार वास्तवमा हृदयदेेखि पिडितहरु र पहाडप्रति संवेदनशील छैन। राज्य आपदा घोषणा गरेपछि केन्द्रीय सरकारले फण्ड पठाएको खबर प्रचारप्रसार हुन्छ भन्ने डरले टिएमसी सरकारले राज्य आपदा घोषणा नगरेर पहाडमा आएको विपत्तिमाथि सत्ता नियोजित राजनीति गरिरहेका छन्। यो पहाडप्रति सरासर अन्याय हो। प्राकृतिक आपदाले पिडित जनतामाथि टिएमसी सरकार र नेताहरुले गरिरहेका संकिर्ण राजनीतिको हामी खुलेर विरोध गर्छौ।’