सांसद राजु विष्ट र असम भाजपाको सहयोगमा भापजाद्वारा खरसाङको‌ दुधेमा राहत सामग्रीहरु वितरण

IMG-20251015-WA0132

खरसाङ: गत ४ अक्टोबर राती आएको भीषण पहिरोका कारण ६० भन्दा बढी घरहरू प्रभावित भएपछि आज खरसाङको दुधे राहत शिविरमा ६२ परिवारजरुलाई भारतीय जनता पार्टीका तर्फबाट राहत सामग्रीहरु वितरण गरिएको छ।
राहत वितरण कार्यक्रममा अम्बटे लङ्गभ्यू मण्डल अध्यक्ष बिनिता सुब्बा, सुकना पानीघाटा मण्डल अध्यक्ष अजय शर्मा, जिल्ला उपाध्यक्ष राजेन मुखिया, जिल्ला शिक्षक प्रकोष्ठ संयोजक प्रग शर्म, पर्नु बहादुर तामाङ, जिल्ला समिति सदस्य सुमेर विश्वकर्मा, पञ्चायत समिति सदस्य रोमा थापाल, अरुणा छेत्री (प्रधान), पञ्चायत सदस्य मनोज तामाङ, जमुना छेत्री लगायतका भाजपा कार्यकर्ताहरूको सक्रिय उपस्थितिमा राहत वितरण सम्पन्न गरिएको हो।

यो राहत सामग्री उपलब्ध गराउन दार्जिलिङका सांसद राजु विष्ट र असम भाजपा संगठनको विशेष पहल र सहयोग रहेको जानकारी प्राप्त भएको छ। पहिरो पीडित परिवारहरूको दुःखमा साथ दिँदै उनीहरूलाई राहत र आशा प्रदान गर्नु नै भाजपा संगठनको प्रमुख उद्देश्य रहेको नेताहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement