दार्जिलिङ: दार्जिलिङ गोर्खा समाज युएईको पाँचौं स्थापना दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। संयुक्त अरब इमिरेट्समा लामो समयदेखि सेवारत दार्जीलिङ पहाडी क्षेत्रको युवा युवतीहरुको हितमा गठित दार्जीलिङ गोर्खा समाज युएईको आयोजनामा दशैं तिहारको अवसरमा रमाइलो कार्यक्रम भव्य रुपमा सम्पन्न भयो। दुबईको प्रसिद्ध स्थान बर दुबईको लुम्बिनी रेस्टुरेन्टमा सम्पन्न यस सांस्कृतिक कार्यक्रममा जातीय पहिचान झल्कने गरी जातीय पहिरनमा सजिएका युवा युवतीहरुको जमघटमा केक काटेर वर्षगाँठ पालन गरियो। प्रणय लिम्बु सभापति, रेवती थापा उप सभापति, सेविका प्रधान सचिव, कोषाध्यक्षा बिनिता गुरुङ र प्रिती गुरूङको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा गीत संगीत नृत्य प्रस्तुत गरेका थिए। सन् २०२१ सालमा स्थापित गरिएको यस गोर्खा समाज युएईले दार्जीलिङ पहाडी क्षेत्र तराई क्षेत्रवासीको हितमा उल्लेखनीय योगदान गरिरहेको छ। युएईमा कार्यरत् तीनधारेका विशाल शर्माले बताए अनुसार रोगीहरूको उपचार हेतु आर्थिक सहयोग र सदस्यहरूको घर परिवारमा दुःख कष्टको प्रतिकूल समयमा आर्थिक सहयोग प्रदान गरिरहेको छ। यसै अवसरमा दार्जिलिङ गोर्खा समाज युएईले दशैं तिहारको अवसरमा सांस्कृतिक कार्यक्रमसहित पाँचौं स्थापना दिवस पनि पालन गरिएको छ।