ट्वीटप्रति कड़ा आपत्ति

unnamed.jpg

गान्तोक: हाम्रो सिक्किम पार्टी (एचएसपी) ले राज्यको मुख्यमन्त्रीका ओएसडी एस. सुनिलको ट्वीटप्रति कड़ा आपत्ति जनाउॅंदै उनको ट्वीट राज्यको पारिस्थितिकी र सांस्कृतिक रूपमा अद्वितीय परिदृश्यप्रति सरकारको असंवेदनशील दृष्टिकोणलाई पुष्टि गर्दछ भनी बताएको छ। एचएसपीका नेता नीकनोर प्रधानले आज जारी प्रेस विज्ञप्तिमा यस आसयको जानकारी दिएका छन्।

उनले प्राकृतिक आपदाहरूप्रति सिक्किम अति नै संवेदनशील रहेको बताउॅंदै सिक्किम-दार्जीलिङ क्षेत्रमा भूकम्पीय गतिविधि पनि अधिक हुने गरेको बताएका छन्। तर, राज्य सरकारले केही कमिशन र पर्सन्टेजका लागि राज्यमा पावर कम्पनीहरूलाई आमन्त्रित गर्न पछि नपरेको आरोप लगाएका छन्। जसले पावर प्रोजेक्टहरू रद्द गर्ने वाचा गरेर भोट हत्याए आज उसैले ठूला निवेशकहरूलाई निम्त्याएर सिक्किमका जनतालाई धोखा दिइरहेको आरोप पनि उनले लगाएका छन्।

उनले टिस्टा नदीमाथि निर्मित बॉधहरूले अगावै सिक्किमको पारिस्थितिकी तन्त्रलाई खलबल्याएको बताएका छन्। उनले सिक्किम उर्जा अधिशेष राज्य भए तापनि यहॉंको मानिसहरूले नियमित रूपमा बिजुली पाउने नगरेको बताएका छन्। उनले ओएसडी एस. सुनीलको विचारहीन निमन्त्रणा विरूद्ध सबै सिक्किमेहरूलाई एकजुट बन्न आह्वान पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *