तीनधारे: भारतीय जनता पार्टीको तर्फबाट तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले प्रभावित परिवारहरुलाई राहत सामग्रीहरु पठाइएको छ। तीनधारे महानदी मण्डलको घैयाबारी, सिविटार, तीनधारे आदि क्षेत्रको लागि राहत सामग्रीहरु पठाइएको जानकारी प्राप्त भएको छ। यसको साथै खरसाङ खण्ड अन्तर्गत अम्बटे क्षेत्रमा गएको भल पैह्रोबाट प्रभावित परिवारहरूका लागि पनि राहत सामग्रीहरु पठाइएको छ। राहत सामग्री तीनधारे महानदी मण्डल महासचिव दिपराज माझी र अम्बटे पाण्डु ग्राम पञ्चायतकी पञ्चायत सदस्य प्रतिमा सुब्बालाई हस्तान्तरण गरिएको थियो।

राहत सामग्री बोकेको भ्यानलाई जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनयकुमार प्रसाद र जिल्ला सामाजिक सञ्जाल इन्चार्ज चन्दन प्रसादले संयुक्त रूपमा पठाएका थिए।