गोरेटो बिसौनी नामक साहित्यिक स्तम्भको ४९औं प्रकरण सम्पन्न

IMG_20220925_001525.jpg

पाकिम: सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमको गोरेटो बिसौनी नामक साहित्यिक स्तम्भको ४९औं प्रकरण आज पाकिममा अवस्थित सामुदायिक भवनमा सम्पन्न भयो।

कार्यक्रम अवधि कुवेर भण्डारी, सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष मुख्य अतिथिको रुपमा उपस्थित थिए भने वरिष्ठ संगीतकार किरण रसाईली विशिष्ट अतिथि रहेका थिए। अन्य अतिथिहरूमा साहित्य प्रेमी, भाषा प्रेमी, विभिन्न साहित्यिक समूहका प्रतिनिधि, साहित्यिक व्यक्तित्व, स्रष्टा एवं लब्धप्रतिष्ठित कवि कथाकार एवं साहित्यकारहरू रहेका थिए।

कार्यक्रमबिच विभिन्न विधाका अग्रज एवं बरिष्ठ व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर कदर पत्र सहित अभिनन्दन जनाइएको थियो। अभिनन्दित व्यक्तित्वहरूमा केडी लामा, पीएन काजी, ओमकार मल अग्रवाल, डाक्टर होमनाथ लुईटेल एवं डाक्टर साङ्गे गेम्पो भोटिया रहेका थिए। अभिनन्दित व्यक्तित्व केडी लामा शिवकालीका दुई कृति प्रमुख सन्देश एवं हरेक विषयलाई बुझेर जाँदा कविता संग्रहको लोकार्पण पनि गरियो।

साहित्यिक कार्यक्रम अवधि अतिथि कविको रूपमा आमन्त्रित युवा बराल ‘अनन्त’, प्रविण खालिङ, सुमति छेत्री एवं आरबी भण्डारीले आजको जमातलाई आ-आफ्ना मौलिक कविता सुनाएका थिए। आमन्त्रित कविहरूलाई स्मृति चिन्ह पनि प्रदान गरियो।

सामुदायिक भवन पाकिमलाई नै गुन्जयमान गराउँदै कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ संगीतकार किरण रसाइलीले पियानो एकोडेन बजाउँदै विभिन्न गीतहरुको धुन सुनाए।

सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्षद्वारा खेलसँग सम्बन्धित विभिन्न खेलाडी एवं व्यक्ति विशेषहरूलाई मायाको चिनो एवं खदा लगाएर सम्मान जनाइएको थियो। यसै अवधि विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रदर्शन गरे भने स्थानीय कलाकारहरूले एकल गीत गायन पनि प्रस्तुत गरेका थिए।

कार्यक्रम सञ्चालकको रुपमा सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमका प्रमुख समन्वयक सीएल दुलाल एवं भक्ति शर्मा रहेकी थिइन् भने धन्यवाद ज्ञापनको कोशेली जानुका ढकालले पस्केकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement