बज्रकिलाया पूजाको वाङ वितरण कार्यक्रम

IMG_20220925_001741.jpg

नाम्ची: आज पाँच दिनव्यापी फुर्दोक वा बज्रकिलाया पूजाको वाङ वितरण कार्यक्रम नाम्ची जिल्लाअन्तर्गत पर्बिङको सामतेलिङ गुम्पामा सम्पन्न भयो। यस पूजाको अगुवाई दावा साङपो कुन्छाप दोर्जी उर्फ दशक रिन्पोछेले गरेका थिए।

यस पूजामा गत २३ सेप्टेम्बरका दिन क्षेत्र विधायक एवं मन्त्री सञ्जित खरेल, धर्म विभागका सचिव डा. पासाङ दोर्जी फेम्पु, एसकेएम पार्टीका सङ्घ सीएलसी अध्यक्ष रिञ्जिङ छोपेल आदिले पनि उपस्थित जनाएका थिए।

गुम्पा प्रबन्धन समितिले बताएअनुसार, यस अवसरमा गुम्पा भ्रमण गरेपछि मन्त्री र सम्बन्धित विभागका अधिकारीले गुम्पा परिसरमा गएको पैह्रोमा पर्खाल लगाइदिने वचन दिए र गुम्पा जाने सडक कार्पेटिङको माग मुख्यमन्त्रीसम्म पुऱ्याउने वचन दिए।

यस क्रममा गुम्पा प्रबन्धन समितिले गुम्पालाई भुॅंइचालोले क्षति पुऱ्याएको कारण पहिलेदेखिको एक करोड नब्बे लाखको माग पुरा नभकोले गर्दा पुनः सम्बन्धित विभागका सचिव मार्फत सम्बन्धित विभागके मन्त्रीलाई माग पत्र चढाइएको छ। यसरी गुम्पा भ्रमण गरेर मागहरू पुरा गर्न पहल गरिदिएकोमा गुम्पा प्रबन्धन समितिले मन्त्री एवं सम्बन्धित विभागका सचिवलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *