नोकरी गुमाएपछि १३५० किलोमिटर टाढा घर जान पैदल हिँडेपछि…

00-Thailand

सैनिकको उदारताका कारण एकजना बेरोजगार मानिस करिब एक हजार किलोमिटर पैदल यात्रा गर्नबाट जोगिए। ती मानिसले आफ्नो नोकरी गुमाएका थिए। त्यसपछि उनले पैदलै घर जाने निर्णय गरे। उनले १२ दिनमा ३ सय किलोमिटर पैदल यात्रा गरेका थिए। तर उनको घरको कुल दुरी १३५० किलोमिटर थियो। यो थाइल्याण्डको घटना हो। थाइगरको रिपोर्टका अनुसार ४२ वर्षीय चोई दक्षिणी प्रान्त सोङ्खलामा काम गरिरहेका थिए। तर यहाँ उनले काम पाउन सकिरहेका थिएनन्। त्यसपछि उनी आइतबार पैदलै पथलाङ प्रदेश पुगेका थिए। यहाँ थाई सेनाका सिपाहीहरूले उनलाई सहयोग गरे र रेल टिकटको लागि पैसा दिए।

चोई करिब सात महिनाअघि ना थावी जिल्ला (सोङ्खला) स्थित रबर बगानमा काम गर्न आएका थिए। यहाँबाट पैसा कमाएर परिवारका सदस्यलाई सहयोग गर्न सक्ने चोईले आशा व्यक्त गरे। शुरुवात राम्रो थियो, उसले दैनिक ३०० भाट (उताको रुपियाँ) कमाउन थाल्यो। चोईले रबरका रूखहरू काट्नुपर्ने थियो। तर महिनौं बित्दै जाँदा चोईले काम पाउन छाडे। उनले मुस्किलले पैसा कमाउन सक्थे। उनले परिवारलाई पैसा पठाउन पनि बन्द गरे। त्यसपछि चोईले सेप्टेम्बर ५ मा घर फर्कने निर्णय गरे। तर, उनीसँग न फोन थियो न पैसा। चोइ १२ दिनमा ३०० किलोमिटर हिँडे। बाटोमा उनी मन्दिरमा रोकिए, जहाँ बौद्ध भिक्षुहरूले उनलाई खुवाए।

आइतबार पथलाङ प्रान्त पुगेपछि उनले थाई सैनिकसँग पिउनका लागि पानी मागेका थिए। सुरुमा सिपाहीहरूले चोईलाई अपराधी ठाने, त्यसैले उनीसँग सोधपुछ गरे। सेनाले पहिले चोईलाई विमानको टिकट किनिदिन खोजेका थिए तर उनलाई विमानमा कसरी यात्रा गर्ने थाहा थिएन। त्यसपछि सेनाले उनलाई १ हजार भाट दिएर रेलवे स्टेशनमा छोडिदियो। त्यसपछि चोईले पथलाङबाट ‘हुआ लाम्फोङ’ रेलवे स्टेशन (बैंकक) पुग्न रेलमा १३ घण्टाको यात्रा गरे। बैंककबाट ८ घण्टाको यात्रापछि उनी बरिराम पुगेका थिए। यहाँ पुग्ने बित्तिकै उनकी ८१ वर्षीया हजुरआमा ‘ला’ ले उनको हातमा धागो बाँधेर स्वागत गरिन्। जब उनकी हजुरआमाले लोईलाई ३०० किलोमिटर पैदल हिडेको थाहा पाएपछि उनी भावुक भइन्। हजुरआमाले सेनालाई धन्यवाद दिँदै भनिन्, ‘सेनाले सहयोग नगरेको भए नातिको यात्रा धेरै लामो हुने थियो। सोङखलादेखि बरिरामको दूरी १३५० किलोमिटर छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *