दार्जीलिङ पुलिस मङपू गोल्ड कपको सेमिफाइनलमा

IMG-20251014-WA0189

मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले सेमिफाइनलमा स्थान बनायो। मङपू खेल मैदानमा मंगलवार खेलिएको म्याचमा दार्जीलिङ पुलिसले कञ्चनजंघा फूटबल क्लब (केएफसी)-विरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रशान्त राई (भाइचुङ), वांगचुक तामाङ, सिद्धान्त छेत्री र रुड गुलिटले गोल गरे। यसरी केएफसी-को तर्फबाट प्रनेश प्रधान र पुजन सुब्बाले गोल गरे। विजेता टीमका सिद्धान्त छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको यस संस्करणमा जम्मा ८ वटा अग्रणी टीमहरूलाई स्थान दिइएको छ। यसमा उत्तर बंगालका शीर्ष टीमहरूको साथमा छिमेकी देश नेपाल र छिमेकी राज्य सिक्किमको टीम पनि सामेल छन्।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल १८ र १९ अक्टोबरमा खेलिनेछ। यसरी फाइनल २६ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। शनिवार खेलिने पहिलो सेमिफाइनल म्याचमा नाइट चेस क्लब (नेपाल) र गान्तोक हिमालयन फूटबल क्लबबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement