फिफा वर्ल्ड कपको निम्ति अहिलेसम्म २२ वटा देश क्वालीफाई गर्न सफल

IMG-20251014-WA0185

नयाँ दिल्ली: फिफा वर्ल्ड कप २०२६ नयाँ प्रारूपमा खेलिनेछ, जसमा पहिलोपल्ट ४८ वटा टीमले हिस्सा लिनेछ। फिफा वर्ल्ड कप २०२६-को आयोजन अमेरिका, मेक्सिको र कनाडाले संयुक्त रूपमा गर्नेछ। यी ३ वटा देशले आयोजक टीमको रूपमा विश्व कपमा स्थान बनाइसकेको छ। अफ्रिकी महाद्वीपबाट अहिलेसम्म ६ वटा देशले क्वालीफाई गरेको छ। सोमवार पाँच लाखभन्दा सामान्य अधिक जनसंख्या भएको केप वर्डेले इतिहास रच्दै पहिलोपल्ट फिफा वर्ल्ड कपको निम्ति क्वालीफाई गऱ्यो। अफ्रिकाबाट क्वालीफाई गर्ने अन्य देशहरूमा अल्जेरिया, इजिप्ट, घाना, मोरक्को र ट्यूनिशिया सामेल छ। एशियाई महाद्वीपबाट अहिलेसम्म ६ वटा देशले क्वालीफाई गरेको छ। यसमा अष्ट्रेलिया, ईरान, जापान, जोर्डन, दक्षिण कोरिया र उज्बेकिस्तान सामेल छ। एशियाबाट अझ दुईवटा टीमले वर्ल्ड कपको निम्ति क्वालीफाई गर्नेछ जबकि एउटा टीम इण्टरकण्टिनेण्टल प्लेअफ्-को माध्यमले वर्ल्ड कपमा पुग्नेछ। यसरी यूरोपबाट यसपाली १६ वटा टीमले वर्ल्ड कपमा हिस्सा लिनेछ। यूरोपमा अहिले क्वालीफाईंग चरण जारी रहेको छ अनि कुनै पनि टीमले वर्ल्ड कप २०२६-को निम्ति क्वालीफाई गरेको छैन। दक्षिण अमेरिकी क्षेत्रबाट अहिलेसम्म ६ वटा टीमले विश्व कपमा स्थान पक्का गरिसकेको छ। यसमा वर्तमान च्याम्पियन अर्जेण्टिनाको साथमा ब्राजील, कोलम्बिया, इक्वाडोर, प्याराग्वे र उरुग्वे सामेल छ। यस महाद्वीपबाट अझ एउटा टीमले इण्टरकण्टिनेण्टल प्लेअफ्-मा चुनौती पेश गर्नेछ। उत्तरी र मध्य अमेरिकी क्षेत्र (कनकाकाफ) बाट ३ वटा टीमले वर्ल्ड कपमा खेल्नेछ। यसबाहेक आयोजक देशको रूपमा अमेरिकी, मेक्सिको र कनाडाले अगावै क्वालीफाई गरिसकेको छ। यस क्षेत्रबाट अझ २ वटा टीमले इण्टरकण्टिनेण्टल प्लेअफ्-को माध्यमले वर्ल्ड कपमा स्थान बनाउने प्रयास गर्नेछ। ओशिनिया फूटबल कन्फेडरेशनलाई पहिलोपल्ट वर्ल्ड कपमा पक्का स्थान प्राप्त भएको छ। न्यूजील्याण्डले मार्चमै क्वालीफाई गरेको थियो। यसरी न्यू केलेडोनिया पनि इण्टरकण्टिनेण्टल प्लेअफ्-को माध्यमले क्वालीफाई गर्ने प्रयासमा रहेको छ। यसरी इण्टरकण्टिनेण्टल प्लेअफ्-मा जम्मा ६ वटा टीमले चुनौती पेश गर्नेछ, जसमा दुईवटा टीमले वर्ल्ड कपमा स्थान बनाउनेछ। प्लेअफ् म्याचहरू मार्च २०२६-मा खेलिने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement