एसडीएफ-ले गऱ्यो रिनाक काण्डको भत्सर्ना

IMG-20240717-WA0003

गान्तोक: रिनाकको घटनालाई लिएर सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पनि भत्सर्ना जनाएको छ। पार्टीले घटनाको कड़ा आलोचना गर्दै क्याप नेता अनि कार्यकर्ताहरूमाथि भएको आक्रमणलाई प्रजातन्त्रको हत्या बताएको छ।
एसडीएफ पार्टीले प्रेस विज्ञप्ती जारी गरेर एसकेएम सरकारकालमा हिंसाको घटना अत्याधिक बड़ेर गएको दावी गरेको छ। पूर्वमा एसकेएम पार्टीका कार्यकर्ता साथै नेतालाई समेत आक्रमण गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। गुण्डागर्दीलाई एसकेएम-को जन्मजात चरित्र बताउँदै हिजोको घटनाले त्यसैलाई उजागर गरेको एसडीएफ-को भनाइ रहेको छ।
एसडीएफ पार्टीले आक्रमणका दोषीहरूलाई शीघ्र पक्राउ गरेर कड़ा भन्दा कड़ा सजाय दिइनुपर्ने माग गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement