सांसद सुब्बाले गरे उपराष्ट्रपतिसॅंग शिष्टाचार भेट

n68511678517604620275076993741e45881d8fe841c699c814df3245b95ea01db4a1f18bf5b11681482379

गान्तोक: सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा देशका उपराष्ट्रपति सीपी राधाकृष्णनसॅंग शिष्टाचार भेट गरे र उनलाई उपराष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा हार्दिक बधाई दिए।
उक्त भेट अवधि सांसद सुब्बाले सिक्किम राज्यसँग सम्बन्धित धेरै प्रमुख मुद्दाहरू उल्लेखित ज्ञापनपत्र पनि बुझाएका छन्।
सांसद सुब्बाले सिक्किमका जनता र मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट उपराष्ट्रपतिमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपतिको नेतृत्वमा राष्ट्रले लोकतन्त्र, सद्भाव र समावेशी विकासको मूल्यमान्यतालाई निरन्तरता दिनेछ भनी विश्वास व्यक्त गरे। उनले उपराष्ट्रपतिलाई बुझाएको ज्ञापनपत्रमा सिक्किम सम्बन्धित आठ प्रमुख मुद्दाहरू सामेल रहेको प्रेस विज्ञप्तिमा उल्लेख छन्, जसलाई राष्ट्रिय ध्यान र केन्द्र सरकारको हस्तक्षेप आवश्यक छ।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकारले लामो समयदेखि थॉंती रहेका यी सरोकारहरूलाई सम्बोधन गर्न निरन्तर प्रयास र केन्द्र सरकारसँग निरन्तर संलग्न रहेको अवगत गराए। सांसद सुब्बाले उपराष्ट्रपतिको सकारात्मक विचार र हस्तक्षेप यी मुद्दाहरूलाई निर्णायक रूपमा समाधान गर्न महत्वपूर्ण हुने बताए।
सांसद सुब्बाले पेश गरेका प्रमुख मुद्दाहरूमा सिक्किमका १२ छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने, लिम्बू र तामाङ समुदायका लागि विधानसभा सिट आरक्षण, परम पावनको १७औं कर्मापाको सिक्किम भ्रमण, राष्ट्रिय राजमार्ग-१० कनेक्टिभिटी समस्याहरू, रेलवे कनेक्टिभिटी र विस्तार, उत्तर सिक्किम राजमार्ग (लाचेन-लाचुङ) को पुनर्स्थापना, पश्चिम सिक्किम सम्पर्क एवं चिवाभञ्ज्याङमा भारत-नेपाल सीमा विकास र पाकिम विमानस्थलको सञ्चालन सामेल छन्।
सांसद सुब्बाले उपराष्ट्रपतिसँगको वार्ताका क्रममा यी मुद्दाहरू सन्तुलित क्षेत्रीय विकास सुनिश्चित गर्न, कनेक्टिभिटी सुदृढ पार्न र राष्ट्रिय मुख्यधारासँग सिक्किमको एकीकरणलाई गहिरो बनाउन महत्त्वपूर्ण रहेको बताए। उपराष्ट्रपतिले उक्त मागहरूप्रति सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो कार्यालयबाट सबै सम्भव सहयोगको आश्वासन दिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement