मंगन: छात्रावृत्ति योजनालाई लिएर मंगनमा आयोजित दुई सप्ताहव्यापी सचेतना कार्यक्रमको आज सफलतापूर्वक समापन भयो। मंगन जिल्ला सामाजिक कल्याण विभागको पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र अभिभावकहरूलाई छात्रावृत्ति योजनासम्वन्धी सचेत गराउनु रहेको थियो। विशेष गरेर राज्य सरकारले विद्यार्थीहरूको हितमा शुरू गरेको छात्रावृति योजनाले विद्यार्थीहरूको शैक्षिक क्षेत्रमा सुधाउ आउन सक्ने सम्भावनालाई केन्द्र गरेर शुरु गरेको छ। आर्थिक कमजोर वर्गका छात्राहरूको निम्ति यस योजनाले धेरै लाभ पुऱ्याउने जानकारी दिइयो। उक्त कार्यक्रम गत १५ सेप्टेम्बरदेखि शुरू गरिएको हो। जसमा विद्यालयका प्रमुख लगायत विभिन्न शैक्षिक संस्थानका अधिकारीहरूले सहभागिता जनाएका थिए। यस अवसरमा मंगन जिल्लाका महकुमा अधिकारी सन्दीप कुमार, संयुक्त सचिव कविता सुब्बालगायत अन्य अधिकारीहरूले सहभागिता जनाएका थिए।
उक्त कार्यक्रमअन्तर्गत जिल्ला नोडल अधिकारीहरू र सामाजिक कल्याण विभागका अधिकारीहरूले विभिन्न विद्यालय र महाविद्यालयका विद्यार्थीहरूलाई अन्तर्क्रियात्मक कार्यक्रम पनि आयोजन गरेको थियो। अन्तर्क्रियाको क्रममा विभागका अधिकारीहरूले राज्य सरकारद्वारा शुरू गरिएका विभिन्न प्रकारको छात्रावृति योजनाबारे जानकारी गराउँदै यसबाट लाभ उठाउनु पर्ने आग्रह गरे। छात्रावृत्ति प्राप्त गर्नका लागि विद्यार्थीहरूले एकपटक छात्रावृत्ति पोर्टलमार्फत जानकारी लिनसक्ने बताए। दुई सप्ताहव्यापी कार्यक्रममा विभागले नशामुक्त सिक्किम अभियानमाथि पनि जागरुकता गराएको थियो।