गान्तोकमा राज्यस्तरीय बक्सिङ प्रतियोगिता शुरु

IMG-20251014-WA0142

गान्तोक: सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको अवसरमा आजदेखि राजधानीस्थित व्हाइट हलमा राज्यस्तरीय बक्सिङ प्रतियोगिता शुरू भयो। खेलकूद एवं युवा मामिला विभागको पहलमा आयोजित दुई दिवसीय प्रतियोगिताको समापन बुधबारको दिन हुनेछ। उदघाटन कार्यक्रममा सडक एवं पल विभागीय मन्त्री एनबी दाहाल मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। साथमा विधायक तेञ्जिङ नोर्बू लाम्ठा विशिष्ट अतिथिकारूपमा उपस्थित थिए। यस प्रतियोगितामा १७ वर्षभन्दा कम उमेरका किशोर र किशोरीहरूले सहभागिता जनाएका थिए। सोही प्रकारले बक्सिङ प्रतियोगितामा ५७-६० किलोग्राम तौलमा पाकिम जिल्लाका कुणाल दर्नाल र बिराज गहतराजले उल्लेखनीय प्रदर्शन गरे। यसरी नै ६३-६६ किलोग्रामको तौलमा गान्तोक जिल्लाका फुर्जाङ लेप्चाले पाकिम जिल्लाका खेलाडी नोयल सिञ्चुरीलाई परास्त गरे। ६६-७० किलोग्रामको तौलमा गान्तोक काल्जाङ डब्ल्यू भोटियाले पाकिम जिल्लाका खेलाडी आशीष राईलाई पराजित गरे भने ७०-७५ किलोग्राम तौलमा पाकिमका डाक्स चौधरीले गान्तोकका प्रयाङसु राईलाई पराजित गरेको थियो। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्य नोडल अधिकारी एवम संयुक्त निर्देशक जिग्मी योडजा लेप्चाले कार्यक्रम सिक्किम राज्य स्थापना वर्षको पचासौं वर्षगाँठको अवसरमा आयोजना गरिएको बताए।


उक्त कार्यक्रमअन्तर्गत गान्तोक जिल्लाले बक्सिङ साथै टेबल टेनिस प्रतियोगिताको पनि आयोजना गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement