गान्तोक: सारथी १.० अभियानअन्तर्गत शिक्षकहरूका लागि दुई दिवसीय प्रशिक्षण कार्यक्रम आयोजन गरियो। उक्त प्रशिक्षणमा गत सोरेङको रूरबन कम्प्लेक्समा सम्पन्न भएको यस प्रशिक्षणको उद्देश्य नशामुक्त र आत्महत्यामुक्त सिक्किम निर्माणको निम्ति शिक्षकहरूलाई क्षमतावान बनाउनु थियो।
यस अवसरमा कूल ३२ जना शिक्षकवर्गले सहभागिता जनाएका थिए। जसमा प्रत्येक वरिष्ठ माध्यमिक विद्यालयबाट एकजना महिला शिक्षक र एकजना पुरूष शिक्षकले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै परियोजना निर्देशक विशाल शर्माले आत्महत्या र नशामुक्त सिक्किमबारे शिक्षकवर्गको सुझाउ माग्दै विद्यार्थीहरूलाई नशालुपदार्थको लतमा कसरी निकाल्न सकिन्छ सोबारे जानकारी गराए। उनले विशेष गरेर वर्तमान परिस्थितिमा सारथीले यसबारेमा लिएको विभिन्न प्रकारको गतिविधिबारेमा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए। उनले थप जानकारी गराए अनुसार यस विषयमा आम मानिसहरूलाई जागरूक गराउनको निम्ति रिल्स र सडक नाटक प्रतियोगिता आयोजना गरेको पनि अवगत गराए। सोही प्रकारले दोस्रो दिनको कार्यक्रममा राज्य समन्वयक नताशा परियारले आफ्नो स्वागत सम्बोधनको क्रममा सामुहिक गतिविधि र सांस्कृतिक प्रदर्शनबारेमा अवगत गराइन्। यसक्रममा शिक्षकवर्गले विद्यार्थीवर्गलाई पार्ने नकारात्मक प्रभावहरुअन्तर्गत मोबाइल फोन, अभिभावकवर्ग स्वयं नशालुपदार्थको लतमा डुबेको, पारिवारिक झमेला लगायत अन्य विषयमा प्रकाश पारे।