नाम्ची: राभाङला निवासी लेन्डुप दोर्जी भोटियालाई डा. बीआर अम्बेडकर राष्ट्रीय पुरस्कार २०२५ ले सम्मानित गरिएको छ। देशको राजथधानी नयाँ दिल्लामा सामा्जिक कल्याण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा भोटियालाई उक्त पुरस्काद्वारा सम्मानित गरिएको हो। विशेष गरेर उनलाई सामाजिक सेवाको लागि सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कार प्राप्त पछि आफ्नो सम्बोधनको क्रममा भोटियाले सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयलाई यस पुरस्कारको निम्ति धन्यवाद दिँदै आभार प्रकट गरे। भोटियाले सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालयका केन्द्रीय मन्त्री बिरेन्द्र कुमारप्रति कृतज्ञता प्रकट गरे। सोही प्रकारले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशमा आफूले सामाजिक काम गर्ने अवसर प्राप्त गरेकोमा कृतज्ञता प्रकट गरे।