देउराली संघ नक्आउट फूटबलः बेलगाछी स्पोर्टिंग क्लब सेमिफाइनलमा

IMG_20220924_221305.jpg

२४ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बेलगाछी स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा शनिवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा बेलगाछी स्पोर्टिंग क्लबले केके११ सिलगढ़ीलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट युगल तामाङले २ गोल गरे। यसबाहेक अल्केश तामाङ र अभिजीत टालेंगुले १-१ गोल गरे। यसरी नै केके११-बाट सुशान्त रोयले १ गोल गरे। अब आइतवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा एमटीवाईएस मगरटोला र बाहुनडांगी युवा क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *